राैतहटमा चट्याङ लागेर एककाे मृत्यु

राैतहट १ असार

राैतहटमा आइतबार चट्याङ लागेर एक जनाकाे मृत्यु भएकाे छ । आइतबार राैतहटमा बर्षासँगै चट्याङ लागेकाे थियाे । चट्याङ लागेर राैतहटकाे गरुडा नगरपालिकाकाे वडा नम्बर १ जयनगरका बर्ष ६५ का सियाराम बानियाकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएकाे छ । बानिया घर अगाडि बाधेर राखेकाे बाख्रा खाेल्न जाने क्रममा अचानाक चट्याङ लागेर गम्भीर घाइते भएका थिए । घाईते बानियालाई उपचारका लागि प्रादेसिक अस्पताल गाैरमा लगिएकाे थियाे तर उहाकाे बिहान १० बजे अस्पतालमा नै मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

ताजा समाचार

Related Articles