धर्म , संस्कृति र पहिचानकाे जगेर्ना गर्न राैतहटका तामाङ सक्रिय

राैतहट १ असार

उपेन्द्र गाेले तामाङ
राैतहटका तामाङ समाजका अभियन्ताहरु आफ्नाे धर्म संस्कृतिकाे जगेर्ना तर्फ जागरुक हुन थालेका छन । आफ्ना धर्म संस्कृति सहित तामाङ पहिचानलाई मुलभुत आधार मान्दै पछिल्लाे समय विभिन्न जागर , प्रशिक्षण तथा गाेष्ठीहरुमा सहभागी जनाउने क्रम बढ्दै जान थालेकाे छ । साेहि क्रममा २०८२ असार १ -५ गतेसम्म काठमाडौ बाैद्व तिनचुलीमा आज (२०८१ असार १ गते) बाट सञ्चालन भइरहेकाे हिमाली बाैद्व धर्म र परम्परा प्रशिक्षण कार्यक्रममा राैतहटका १८ जनाले सहभागीता जनाएका छन । तामाङ समुदायकाे बाेैद्व धर्म र परम्परा सम्बन्धि प्रशिक्षणमा पहिलाे पटक राैतहटबाट यति धेरै संख्यामा प्रतिनिधित्व गरेका हुन । नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालय बाैद्वनाथ क्षेत्र विकास समिति काठमाडौकाे आयाेजना , बाैद्व जागरण केन्द्रकाे ब्यबस्थापन र छ्याेर्देन टाशि गुम्बाकाे सह ब्यबस्थापनमा साे प्रशिक्षण कार्यक्रम भइरहेकाे छ । राैतहटमा तामाङ गुम्बाहरु धेेरै भएतापनि राैतहटका ३ ओटा गुम्बाले कार्यक्रममा सहभागीता जनाएकाे स्येडुप फेन्दे नाङ्तेन लाेप्लिङ बाैद्व गुम्बा चन्द्रपुर -४ टेकानका अध्यक्ष हर्क बहादुर माेक्तान तामाङले तराई पाेष्टलाई जानकारी दिनु भयाे । कार्यक्रममा स्येडुप फेन्दे नाङतेन गुम्बाबाट प्रमुख लामा आइत बहादुर रुम्बा , अध्यक्ष हर्क बहादुर माेक्तान तामाङ , मणिपा अध्यक्ष हिरा माया तितुङ , चादनी लामा , दल बहादुर घलान , अनिता जिम्बा , सन्त बहादुर लाेप्चनले सहभागीता जनाएका छन । त्यसैगरि छेदेन छ्याेइलिङ गुम्बा चन्द्रपुर-९ सिन्धुरेघारीबाट प्रमुख लामा मान बहादुर दाेङ , अध्यक्ष शिवराम तामाङ , शेर बहादुर तामाङ , मानकाजी तामाङ र लक्ष्मण लामा कार्यक्रममा सहभागी हुनु भएकाे छ । त्यसैगरी टासी छ्याेग्याल गुम्बा गुजरा -२ कटानिबाट प्रमुख लामा च्याङ्वा बल , अध्यक्ष गण बहादुर थिङ , बाबुलाल बल , विरध्वज थिङ र शेषलाल याेञ्जनले काठमाडौंमा प्रशिक्षण लिइ रहनु भएकाे छ । राैतहट चन्द्रपुर-२ जुडिबेलाका हर्क घिसिङ पनि साे प्रशिक्षणमा सहभागी जनाइ रहनु भएकाे छ । वास्तवमा तराई क्षेत्रमा तामाङ संस्कृति , धर्म र रहनसहनहरु विस्थापित हुँदै जाने क्रम बढ्दै गएकाे भन्ने कुरालाई चिर्दै तराई क्षेत्रका तामाङ समुदायहरु आफ्नाे धर्म संस्कृतिलाई जगेर्ना गर्न निकै अग्रिम भुमिका खेल्दै आएकाे यस कार्यक्रममा राैतहटबाट एकै पटक १८ जना सहभागी हुनुले पुष्टि गरेकाे छ । आफ्नाे धर्म संस्कृतिकाे जगेर्ना गर्न आफुहरु सधै निरन्तर अभियानमा लाग्ने टेकान गुम्बाका अध्यक्ष हर्क बहादुर माेक्तानकाे भनाई रहेकाे छ ।

ताजा समाचार

Related Articles