मधेस प्रदेशका सांसद कुशवाहा निलम्बित

धनुषा,३० जेठ । मधेस प्रदेशका सांसद सरोजसिंह कुशवाहा निलम्बनमा परेका छन् । आज प्रदेशसभाको बैठकमा सभामुख रामचन्द्र मण्डलले कुशवाहाको सांसद पद निलम्बनमा परेको जानकारी दिए। कुशवाहाको निलम्बनसम्बन्धी अख्तियार दुरुपयोग अनुसन्धानको पत्र सभामुख मण्डलले सभासमक्ष पढेर सुनाए।

उनी बिहीवार काठमाडौँबाट पक्राउ परेका थिए। जनता समाजवादी पार्टी ९जसपा० नेपालको तर्फबाट उनी महोत्तरी निर्वाचन क्षेत्र नं ४ ९२० बाट निर्वाचित भएका थिए।

कुशवाहाले विभिन्न उपभोक्ता समिति गठन गरी समितिको रकम निजीसचिव विनोदलाल कायस्थको खातामा जम्मा गरी घुसबापतको रकम आफ्नो खातामा जम्मा गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ।

सचिव कायस्थ महोत्तरीबाट केही दिनअघि पक्राउ परेका थिए। यसअघि सांसद दीपेन्द्र ठाकुर र अभिराम शर्मा निलम्बन भइसकेका छन्।

सांसदद्वय कुशवाहा र शर्मा महोत्तरीबाट र सांसद ठाकुर धनुषाबाट प्रदेश सांसदका रूपमा निर्वाचित भएका थिए।

ताजा समाचार

Related Articles