रुपेन्द्र पटेल
रौतहट, ३१ जेठ । रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ६ कार्यालयले अत्यधिक गर्मीका कारण सेवा लिन आउने सेवाग्राहीलाई परेका समस्यालाई ध्यानमा राख्दै कार्यालयको सेवा समय परिवर्तन गरेको छ ।
वडाले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै पछिल्लो समय मधेश प्रदेशभर परेको प्रचण्ड गर्मीका कारण सेवाग्राहीहरू बेहाल भएको र नियमित कामकाजमा समेत कठिनाइ आएको जनाइएको छ ।
गर्मीका कारण सेवा लिन आउने नागरिकहरूलाई समस्यामा नपार्न वडा कार्यालयले भोलि आइतबार (असार १ गते) देखि बिहान ७ बजेदेखि ११ बजेसम्म मात्र सेवा प्रदान गर्ने निर्णय गरेको हो ।
वडा अध्यक्ष सहदेव केसीद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, “मौसम सुधार नहुन्जेलसम्म यो नयाँ कार्य तालिका लागू हुने बताइएको छ। उनले सेवाग्राहीहरूलाई समयमै जानकारी दिन यो सूचना प्रकाशित गरिएको बताए ।
वडाध्यक्ष केसीले वडा कार्यालयले सम्पूर्ण वडाबासीलाई उक्त समयतालिका सेवा लिन आउन अनुरोध समेत गरेको छ।


