बसन्त लामा
बारा सिगाैल २९ जेठ
बाराकाे सिगाैलमा १८२ जना दलित अधिकारकर्मी सम्मानित भएका छन । बाराकाे निजगढ नगरपालिकाकाे वडा नम्बर १ सिगाैलमा विहिबार निजगढ नगरपालिकाकाे सहयाेगमा फास्ट ट्याक मिडिया प्रा.लि. काे आयाेजनामा एक कार्यक्रमकाे आयाेजना गरी उनीहरुलाई सम्मान गरेका हुन । निजगढ नगरपालिकाकाे कार्यपालिका लक्षित कोष अन्तर्गत दलित अधिकारकर्मीलाई सम्मान गरिएको नगरपालिकाले जनाएकाे छ | कार्यक्रममा दलित गैर दलित जोडि परम्परागत पेशा गर्ने दलित समुदायलाइ सम्मान गरिएको नगरपालिकाले जनाएकाे छ । साे कार्यक्रम उमेश घलानको अध्यक्षता र निजगढ नगरपालिकाका नगर उपप्रमुख सोममाया थिङकाे प्रमुखआतिथ्यतामा दलित अधिकारकर्मीको सम्मानित भएका हुन । कार्यक्रममा निजगढ नगरपालिकाको उपप्रमुख सोममाया थिङ , जातीय विभेद तथा छुवाछुत अनुगमनका अरुणा बि क , कार्यपालिका सदस्य फुलमाया घलान , वडा नम्बर १ का वडा अध्यक्ष मगले लोप्चन वडा नम्बर २ का अध्यक्ष राजन श्रेष्ठ दलित अनुगमन समिती को इन्द्र बि क लगायतले आआफना धाराणा राखेका थिए ।

