राैतहट २९ जेठ
राैतहटमा विहिबार बिहान एक सवारी साधनले ठक्कर दिदा स्थानियकाे मृत्यु भएकाे छ । राैतहटकाे चन्द्रपुर नगरपालिकाकाे वडा नम्बर १ मंगलपुर बागमतिमा अन्दाजी बिहान ६ बजेकाे समयमा एक सवारीले स्थानिय बर्ष ३५ का बुद्व लिम्बुलाई एक सवारीले ठक्कर दिएकाे थियाे । जिम्बाकाे घटनास्थलमा नै मृत्यु भएकाे र ठक्कर दिने सवारी साधन र चालककाे पहिचान हुन नसकेकाे प्रहरीले जनाएकाे छ । घटनामा संलग्न सवारी र चालककाे पहिचान नभएपछि स्थानीयद्वारा पूर्व पश्चिम राजमार्गको चन्द्रपुर–१ बागमतीमा स्थानियले लगभग ७ घण्टा सडक अवराेध समेत गरेका थिए । स्थानीय र प्रशासनबिचकाे छलफलमा सहमति भएपछि दिउसाे अन्दाजी १ बजेबाट सडक खुलेकाे ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएकाे छ । ठक्कर दिने सवारी साधन र चालक फरार भएपछि स्थानीय आक्रोशित हुँदै बिहान ६ बजेदेखि दिउँसो १ बजे सम्म चक्काजाम गरेका थिए । साे घटनामा आशांका लागेका सवारी साधन नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइरहेको प्रहरीले जनाएकाे छ । दुर्घटनम स्थल राजमार्गमा जडान गरिएको सिसि टिभी क्यामरा मार्फत ठक्कर दिने सवारी साधनको पहिचानका लागि जाँच भइरहेको प्रहरीले बताएको छ । पीडित पक्षलाई न्याय दिलाउने र भगाइएको सवारी साधन नियन्त्रणमा लिएर कानुनी कारबाहीको लागि अनुसन्धान अघि बढाइने इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक राजकुमार राईले तराई पाेष्टसँग बताउनु भयाे ।

