भारत २९ जेठ
एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान भारतको अहमदाबादमा दुर्घटनाग्रस्त भएको छ । विमान लन्डनतर्फ उडान भर्दै गर्दा टेकअफको क्रममा विमानस्थलको सीमा नजिकै दुर्घटनाग्रस्त भएको थियो । विमानस्थल क्याम्पससँगै रहेको एयर कस्टम कार्गो कार्यालय नजिकै विमान दुर्घटनाग्रस्त एयर इण्डियाले आज दु’र्घटना भएको विमानमा २४२ जना यात्रु र चालक दलका सदस्यहरू सवार रहेको पुष्टि गरेको छ। तीमध्ये १६९ जना भारतीय, ५३ जना बेलायती, १ जना क्यानाडेली र ७ जना पोर्चुगिज नागरिक रहेका छन ।घाइतेहरूलाई नजिकको अस्पतालहरुमा उपचार गराइरहेकाे भारतीय सञ्चारमाध्यमले जानकारी दिएको छ । विमान खस्ने बित्तिकै सम्पूर्ण क्षेत्रमा धुवाँको मुस्लो देखिएको थियो । दुर्घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेको छ भने ७ वटा दमकल र एम्बुलेन्स पनि दुर्घटनास्थलमा पुगेका छन । उद्धार कार्य सुरु गरिएको छ। एनडीआरएफका २ वटा टोली पनि उद्धार कार्यमा संलग्न छन । गृहमन्त्री अमित शाहले विमान दुर्घटनाबारे गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेल र प्रहरी आयुक्तसँग छलफल गरेका छन् । केन्द्र सरकारबाट उनलाई सबै सम्भव सहयोगको आश्वासन दिइएको छ।


