राैतहट २८ जेठ
राैतहट प्रहरीले लुटपाटमा संलग्न २ जनालाई पक्राउ गरेकाे छ । राैतहटकाे यमुनामाई गाउपालिकाकाे वडा नम्बर १ जेठरहीया झाझपुलका बर्ष २२ का मुकेश महताे र अर्काे साेहि स्थानका बर्ष २० का सीताराम महताेलाई प्रहरीले पक्राउ गरेकाे जिल्ला प्रहरीले जनाएकाे छ । बुधवार बिहान झाझपुल नजिकै लुकिछिपि बसेका लुटेरा द्वय महताेले दुर्गा भगवती गाउपालिकाका वडा नम्बर ३ मत्सरीका बर्ष ३५ का कृष्णहरी झा लाई लुटपाट गरिरहेकाे अबस्थामाउनीहरुलाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख नेत्रमणि गिरीले तराई पाेष्टलाई जानकारी दिनु भयाे । पिडित कृष्णहरी झाकाे माेटरसाइकल राेकी लुटपाट गर्ने उद्देश्यले झाझपुल नजिक लुकिछिपी बसेका सात/आठ जना अपरिचित्त व्यक्तिले मोटरसाइकलमा सवार झालाई रोकी निजको साथमा रहेको धनमाल लुटी मोटरसाइकलसमेत लैजान लागेको अवस्थामा लुटेराहरू पक्राउ गरेकाे प्रहरीले जनाएको छ । ती मध्ये २ जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे र बाकी लुटेराहरु फरार भएकाे प्रहरीले जनाएकाे छ । उनीहरुकाे खाेजी कार्य तिब्र बनाइएकाे समेत प्रहरीले जनाएकाे छ । पक्राउ परेका दुई लुटेरसँग बयान लिने काम भइरहेको र भागेहरूको खोजी भइरहेको जानकारी दिँदै प्रहरी प्रमुख गिरीले जिल्लाको शान्ति सुरक्षा, अमनचयन कायम गर्न प्रहरी प्रशासन प्रतिबद्ध रहेको जनाएकाे छ ।

