राैतहटमा अत्याधिक गर्मी , दुई दिन सामुदायिक विद्यालय बन्द

राैतहट २८ जेठ
राैतहटमा अत्याधिक गर्मी बढेसँगै फतुवाविजयपुर नगरपालिकाले २ दिन बिद्यालय बन्द गरेकाे छ । राैतहटकाे फतुवाबिजयपुर नगरपालिका क्षेत्र भित्रका सबै सामुदायिक विद्यालयहरु २०८२ जेठ २९ गते विहिबार र ३० गते शुक्रबार २ दिन बन्द गर्ने निर्णय गरेकाे नगरपालिकाले जनाएकाे छ । पछिल्लाे समय राैतहट लगायत तराईका विभिन्न जिल्लाहरुमा अत्याधिक गर्मी भएकाे छ । जसका कारण फतुवा बिजयपुर नगरपालिकाको सामुदायिक विद्यालयहरू जेठ २९ र ३० गते गरि दुई दिन बन्द गरेकाे नगरपालिकाले तराई पाेष्टलाई जानकारी दिएकाे छ । राैतहटमा गर्मीका कारण विद्यार्थीहरुलाई अध्ययन अध्यापनमा असहजता भएकाले शिक्षक र विद्यार्थीहरुकाे स्वास्थ्य दृष्टिकोणलाई मध्यनजर राख्द‌ै बिद्यालयहरु बन्द गर्ने निर्णयमा पुगेकाे नगर प्रमुखले बताउनु भयाे । साे नगर क्षेत्रमा आइतबारबाट सञ्चालनमा आउने समेत जनाएकाे छ ।

ताजा समाचार

Related Articles