राैतहट २८ जेठ
नेपाल तामाङ घेदुड मधेश प्रदेशकाे दाेस्राे अधिबेसन सर्लाहीमा हुने भएकाे छ । यसअघि मधेश प्रदेश कार्य समितिले बाराकाे निजगढमा आफ्नाे अधिबेसन सम्पन्न गर्नेे निर्णय गरेकाे थियाे । मधेश प्रदेशका विभिन्न स्थानिय तहहरुले आफ्नाे स्गानिय तहहरुकाे अधिबेसन सम्पन्न गर्न नसकेपछि स्थगित गरेकाे मधेश प्रदेशकाे अधिबेशन २०८२ जेठ २४ गते शनिबार महाेतरीमा बसेकाे बैठकले सर्लाहीकाे हरिवनमा २०८२ असार ७ र ८ गते मधेश प्रदेशकाे दाेस्राे अधिबेशन भबययताका साथ सम्पन्न गर्ने निर्णय गरेकाे नेपाल तामाङ घेदुङ मधेश प्रदेशका अध्यक्ष यमलाल गाेलेले तराई पाेष्टलाई जानकारी दिनु भयाे । साे बैठकले अधिबेशनलाई भब्य र सब्य तरिकाले सम्पन्न गर्न विभिन्न उपसमितिहरु।समेत गठन गरि जिम्मेवारी प्रदान गरेकाे छ । संजिव माेक्तानकाे संयाेजकमा ७ सदस्यीय आर्थिक ब्यबस्थापन उपसमिति गठन गरिएकाे छ । त्यसैगरी सुन माया लाेप्चनकाे संयाेजकत्वमा ३ सदस्यीय अतिथि ब्यवस्थापन उपसमिति , चन्द्र माेक्तानकाे संयाेजकत्वमा ६ सदस्यीय प्रचारप्सार उपसमिति , यमलाल गाेलेकाे संयाेजकत्वमा ६ सदस्यीय कार्यालय ब्यवस्थापन उपसमिति र चन्द्र माेक्तानकाे संयाेजकत्वमा ३ सदस्यीय अधिबेशन प्रतिबेदन उपसमिति समेत गठन गरेकाे नेपाल तामाङ घेदुङ मधेश प्रदेशले जनाएकाे छ । कार्यक्रममा नेपाल तामाङ घेदुङका संघिय अध्यक्ष माेहन गाेले तामाङकाे प्रमुख आतिथ्यतामा सम्पन्न हुने मधेश प्रदेश घेदुङले जनाएकाे छ ।


बैठकले अधिबेशनमा मधेश प्रदेशका स्थानिय तहका नगर/पालिका कार्यसमितिहरुबाट १ महिला सहित ३ जना प्रतिनिधि शुल्क प्रति ब्यक्ति रु १०००/ र अधिबेशन हुने स्थलकाे दुरिकाे हिसावले ८ ओटै जिल्ला समन्वय समितिहरुकाे पनि शुल्क निर्धारण गरेकाे छ । जस अनुसार सुनसरी – १,०००/- , सिरहा – २,०००/- , धनुषा : ३,०००/ , महाेतरी – ५,०००/ , राैतहट – ५,०००/ , बारा – ५,०००/ र पर्सा – ३,०००/ शुल्क निर्धारण समेत बैठकले गरेकाे छ ।

यदि कुनै जिल्लामा १० हजार भन्दा बढी संख्यामा तामाङ समुदायकाे जनसंख्या भएकाे स्थानिय निकायले प्रमाणित गरेमा साे स्थानिय तहबाट २ महिलासहित ५ जना प्रतिनिधि अधिबेशनमा प्रतिनिधित्व गर्न पाउने समेत जनाएकाे छ ।

