राैतहट २१ जेठ
राैतहटकाे बागमतिमा ट्रक र एक विद्युतिय गाडि एक आपसमा ठाेकिदा २ जनाकाे मृत्यु भएकाे र २ जना घाइते भएका ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएकाे छ । बुधबार रौतहटको चन्द्रपुर नगरपालिकाकाे वडा नम्बर १ मंगलपुरस्थित पूर्व–पश्चिम राजमार्गमा मालवाहक ट्रक र विद्युतीय गाडी एक आपसमा ठाेकिएकाे थियाे । सर्लाहीको बरहथवाबाट चन्द्रनिगाहपुरतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ज ०४५२ नम्बरको विद्युतीय सोकोन गाडी र विपरीत दिशाबाट जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ८६०० नम्बरको ट्रक एक आपसमा साइड पट्टी ठाेकिएर घटेकाे साे दुर्घटनामा सर्लाही रामनगर–१ खैरवाका ३६ वर्षीया भगिया देवी, सर्लाही रामनगर–१ खैरवाकै ३० वर्षीय धिरेन्द्र ठाकुरको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ । २ जना भने घाइते भई उपचार गराई रहकाे प्रहरीले जनाएकाे छ । गाडीका चालकहरुलाई नियन्त्रणमा लिई थप कारवाहीका लागि अनुसन्धान भई रहेकाे ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएकाे छ ।

