राैतहट २१ जेठ
राैटहटमा एक महिलाकाे हत्या भएकाे छ । मंगलबार।राैतहटकाे कटहरिया नगरपालिकाकाे वडा नम्बर १ भसेरवामा एक नवविवाहित महिलाको शव घरमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ । उक्त घटनामा साेही परिवारका सदस्यहरूले मिलेर आफ्नाे छाेरीकाे हत्या गरेको माईती पक्षले आराेप लगाएका छन । हत्या पछि मृतकका श्रीमान भने फरार रहेकाे प्रहरीले जनाएकाे छ ।फतुवा विजयपुर नगरपालिका वडा नम्बर ९ बडहरवा निवासी स्व. रामनारायण यादवकी छोरी आल्का यादवको मृत्यु भएकाे अबस्थामा घरमा नै शव फेला परेकाे प्रहरीले जनाएकाे छ । स्थानियले घटनाबारे जानकारी पाएपछि प्रहरी घटनास्थल पुगेका थिए तर मृतक आल्का यादवकी श्रीमान अन्दाजी बर्ष २६ का अंकेश यादव फरार भएकाे र मृतकका ससुरा पुकार राय यादवलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेकाे ईलाका प्रहरी कार्यालय कटहरियाका वरिष्ठ सई बिनोध राना मगरले तराई पाेष्टलाई बताउनु भयो । पीडित आल्का विवाहपछि कटहरिया–१, भसेरवामा श्रीमानको घरमा बस्दै आएकी थिइन । २०८२ जेठ २० गते मंगलनार बेलुकी करिब ७ बजेको समयमा उनीमाथि कुटपिट गरी घाटी च्यापेर हत्या गरिएको पिडित परिवारको आरोप छ । हत्या पछि शवकाे पोष्टमार्टम गौर अस्पताल गरिएकाे थियााे । यस घटनाले स्थानीय क्षेत्र शोक र आक्रोशीत बनेका छन । प्रहरीले श्रीमान फरार भएपछि ससुरालाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।

