गौर,२१ जेठ । रौतहटको गौर नगरपालिका वडा नं. ६ सबगढामा गएराति तिनवटा घरमा चोरी भएको छ ।
चोरको समुहले घरको भिता फुटाएर नगद, गहना लगायतको धनमाल चोरेका छन । स्थानिय मेथुर साह, भगिरथ साह र सुरेन्द्र साहको घरबाट चोरको समूहले झण्डै १८ लाख बराबरको धनमाल लिएर फरार भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
घरबाट सुनचाँदीका गहना, नगद, मोबाइल फोन लगायतका सामानहरु चोरहरुले लगेको स्थानियले बताएका छन ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

