चन्द्रनिगाहपुर १९ जेठ
राैतहटकाे चन्द्रनिगाहपुरमा एक झराे पानीले वडा कार्यालय पुग्ने सडक नै हिलाम्मे हुने गरेकाे स्थानियले गुनासाे गरेका छन । राैतहटकाे चन्द्रपुर नगरपालिकाकाे वडा ५ काे वडा कार्यालयमा सेवाग्राही जान एक झराे पानी पर्याे भने वडा कार्यालय नै जान नसक्ने अबस्था रहदा पनि वडा कार्यालयले त्यसतर्फ ध्यान नदिएकाे स्थानिय आशिक राउतले गुनासाे गरेका छन । चन्द्रपुर नगरपालिकाकाे वडा नम्बर ५ मा रहेकाे वडा कार्यालय नजिक सरकारी अस्पताल चन्द्रनिगाहपुर अस्पताल र गुन्जन एफएम सडक खण्ड त्यसैगरी एफएम हुँदै राजपेडा सडकखण्डमा (नहर वारि) ठुला ठुला खाल्टाहरु छन । साे खाल्टाहरुमा एक झराे वर्षा हुदा पाेखरी नै बन्ने गरेकाे छ तर वडा कार्यालय र नगरपालिकाले बेवास्ता गरेकाे राउतकाे भनाई रहेकाे छ । २ स्थानिय सरकारकाे कार्य अवधि समाप्त हुने बेला हुदा पनि साे सडक निर्माण तथा सम्भारमा कुनै स्थानिय सरकारकाे ध्यान जान नसकेकाे स्थानियकाे गुनासाे गरेका छन । अब बर्षातकाे समय पनि आइसकेकाले तत्काल साे सडक निर्माणमा चन्द्रपुर नगरपालिकाकाे ध्यान जानू पर्ने उनीहरुकाे माग रहेकाे छ । साे वडाका सेवाग्राहीहरु पानी परेकाे दिन वडा कार्यालय पुग्न सास्ती खेप्दै आएका छन । वडा अध्यक्ष , नगर प्रमुख समेत साेही सडक हुँदै दिनानुदिन आवतजावत गर्दा समेत सडक निर्माणमा ध्यान जान सकेकाे छैन ।


