चन्द्रनिगाहपुरमा गणतन्त्र दिवसकाे अवसरमा बृक्षाराेपण

राैतहट १५ जेठ
राैतहटकाे चन्द्रपुरमा गणतन्त्र दिवसकाे अवसरमा बृक्षाराेपण गरिएकाे छ । राैतहटकाे चन्द्रपुर नगरपालिकाकाे वडा नम्बर ४ स्थित नेकपा एमाले पार्टी कार्यालय परिसरमा मदन भण्डारी फाउन्डेसनकाे आयोजनामा साे बृक्षाराेपण कार्यक्रम सम्पन्न गरिएकाे फाउन्डेसनका सचिव देवराज न्याैपानेले तराई पाेष्टलाई जानकारी दिनु भयाे । नेकपा एमाले चन्द्रनिगाहपुर हाताभित्र विभिन्न प्रजातीका विरुवाहरुकाे राेपिएकाे उहाले बताउनु भयाे । जनताकाे शासन जनताले गर्न पाउने अधिकार शुरुवात भएकाे दिन २०६५ साल जेठ १५ गते घाेषणा र कार्यन्वयन भएकाे दिनलाई नेपालमा गणतन्त्र दिवस मनाउदै आएकाे छ । विहिबार २०८२ जेठ १५ गते गणतन्त्र स्थापना भएकाे १७ बर्ष पूरा भई १८ बर्ष प्रबेश गरेकाे दिनमा मुलुकभर विभिन्न कार्यक्रमहरु सञ्चालन गरि मनाएका छन । साेही क्रममा चन्द्रनिगाहपुरमा पनि बृक्षाराेपण गरि गणतन्त्र दिवस मनाइएकाे मदन भण्डार फाउन्डेसन राैतहटले जनाएकाे छ । साे कार्यक्रममा नेकपा एमालेका नेता तथा कार्यकर्ताहरु लगायत शुभचिन्तकहरुकाे बाक्लाे सहभागीता रहेकाे थियाे ।

ताजा समाचार

Related Articles