बाराकाे सिगाैलमा स्वास्थ्य चाैकी भवनकाे शिलान्यास सम्पन्न

बारा १५ जेठ
बसन्त लामा सिगौल
बाराकाे सिगाैलमा विहिबार स्वास्थ्य चाैकि भवनकाे शिलान्यास गरिएकाे छ । बाराकाे निजगढ नगरपालिकाकाे वडा नम्बर २ सिगाैलमा नगर प्रमुख सुरथ पुरी र उपप्रमुख साेम माया थिङले संयुक्त रुपमा उक्त बन्न लागेकाे स्वास्थ्य चाैकी भवनकाे शिलान्यास गरिएकाे नगरपालिकाले जनाएकाे छ ।  १८ औ गणतन्त्र दिवसको अवसरमा मधेश प्रदेश स्वास्थ्य मन्त्रायलको चालु आर्थिक बर्ष ८२ /८३ को विनियोजित ४० लाख आर्थिक बजेटबाट साे स्वास्थ्य भवन निर्माण हुने नगर प्रमुख पुरीले बताउनु भयाे । साे स्वास्थ्य भवन २ स्टोर रुम सहित ६ कोठाको बन्ने पुरीले बताउनु भएकाे छ । विगत लामाे समयदेखि साे स्थान भरतगंज स्वास्थ्य चौकी जिर्ण रहेकाे र स्वास्थ्य चाैकीमा कुनै  कार्यक्रम सञ्चालन गर्न समेत ठाउँ नभएकाे र विरामीहरुलाई उपचारकाे क्रममा बेडकाे अभाव रहदै आएकाे थियाे । याे भवन निर्माण सम्पन्न भएपछि भने सथानियले सहज रुपमा उपचार गराउन पाउनेमा विश्वस्थ रहेकाे स्थानियले प्रतिक्रिया दिएका छन ।  शिलान्यास सम्पन्न भएसँगै समयमा नै भवन निर्माण कार्य समपन्न गरी सम्बन्धित निकायलाई हस्तान्तरण गर्ने स्वास्थ्य भवन निर्माण उपभाेक्ता समितिका अध्यक्ष  रमेश कुमार पुलामीले बताउनु भएकाे छ ।
साे कार्यक्रममा निजगढ नगरपालिकाकाे वडा नम्बर २ को वडा अध्यक्ष राजन श्रेष्ठ अस्थाई प्रहरी पोष्ट सिंगौलको इन्चार्ज ,  वडा नम्बर ३ का समाजसेवी ज्ञानु जिम्बा वडा नम्बर २ को पुर्व कार्यवाहक अध्यक्ष पुस्कर खडका संचारकर्मी महेश्वर अधिकारि उमेश ग्लान र स्थानीयले बाक्लो सहभागीता जनाएका थिए ।

ताजा समाचार

Related Articles