राैतहट १३ जेठ
राैतहटकाे चन्द्रनिगाहपुरमा साेमबार साइबर सुरक्षा र एआई सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे छ । साेमबार रौतहटको चन्द्रनिगाहपुरमा रहेको आरोही होटलमा सम्पन्न साे कार्यक्रममा प्रमुख अतिथीकाे रुपमा चन्द्रपुर नगरपालिकाको नगर प्रमुख संजय कुमार काफ्लेले पाननसमा बति बालेर कार्यक्रमकाे उद्वघाटन गर्नु भएको थियाे ।आमसञ्चार प्राधिकरण मधेश प्रदेश जनकपुरधामको आयोजना तथा नेपाल पत्रकार महासंघ शाखा रौतहट शाखाको समन्वयमा राैतहटमा साेमबार साइबर सुरक्षा र एआई सम्बन्धि एक दिने अभिमुकरण कार्यक्रम सम्पन्न भएकाे हाे । कार्यक्रममा एआईकाे प्रयाेगले आम सञ्चार क्षेत्रमा पुर्याउने फाइदा र बेफाइदा बारे चर्चा समेत गरिएकाे थियाे । एआईकाे दुराेपयाेगले आम नागरिकहरुमा नकारात्मक प्रभाव पार्ने भएकाले त्यसकाे सही तरिकाले प्रयाेग गर्नु पर्ने सञ्चारकर्मीहरुकाे भनाई रहेकाे थियाे । कार्यक्रममा राैतहटका सञ्चारकर्मीहरुकाे उल्लेखनीय सहभागीता रहेकाे थियाे ।


