राैतहट १३ जेठ
राैतहटमा साेमबार एक टिपरले माेटरसाइकललाई ठक्कर दिदा २ जना घाइते भएकाे छ । राैतहटकाे माैलापुर नगरपालिकाकाे पथराबुधराममा टिपरले माेटरसाइकललाई ठक्कर दिदा माेटरसाइकलसहित २ जना घाइते भएका छन । टिपरका चालक प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय मौलापुरले जनाएको छ । घाइते मोटरसाइकल चालकसहित दुबैलाई उपचारको मौलापुर लगिएको स्थानीयले बताएका छन । साे दुर्घटनामा मानवीय क्षती भने भएकाे छैन । थप कारवाहीका लागि अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

