राैतहटमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

राैतहट १३ जेठ
राैतहटकाे दुर्गा भगवतीमा मंगलबार नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएकाे छ । जिल्ला प्रहरी कार्यालय रौतहटको आयोजनामा मंगलबार साे कार्यक्रम सम्पन्न भएकाे जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएकाे छ । रौतहटकाे दुर्गाभगवती गाउँपालिका वडा नं.२ मा रहेकाे श्री सरस्वती माध्यमिक विद्यालय पिपरा भलोहिया रौतहटको सभाहलमा कार्यक्रम सम्पन्न भएकाे हाे । कार्यक्रममा समसमायिक बिषयवस्तु तथा शान्ति सुरक्षा सम्बन्धमा कानुनी परामर्श दिइएकाे थियाे । सहभागीहरुले राखेका जिज्ञासाहरुकाे जवाफ सहायक प्रमुख जिल्ला अधिकारी किरणनिधि तिवारी , जिल्ला प्रहरी कार्यालय राैतहटका कार्यालय प्रमुख प्रहरी उपरीक्षक नेत्रमणि गिरि र गाउपालिकाका अध्यक्ष शम्भु कुमार सिह लगायत सम्बन्धित कार्यालयका प्रमुखहरुले दिएका थिए ।

कार्यक्रममा  जिल्लाका सहायक प्रमुख जिल्ला आधिकारी किरण निधि तिवारीको अध्यक्षतामा, प्रमुख अतिथि दुर्गाभगवती गाउँपालिका अध्यक्ष शम्भु कुमार सिंह , जिल्ला प्रहरी कार्यालय रौतहटका कार्यालय प्रमुख प्रहरी उपरीक्षक नेत्र मणि गिरीज्यू, दुर्गाभगवती गाउँपालिका उपाध्यक्ष शिला देवी, सरकारी, गैरसरकारी तथा विभिन्न संघ-संस्थाका प्रमुखहरू, जनप्रतिनिधिहरू, संचारकर्मीहरु तथा स्थानिय आम नागरिकहरुको उपस्थितिमा   सम्पन्न भएकाे थियाे ।

ताजा समाचार

Related Articles