उपेन्द्र गाेले तामाङ
राैतहट ११ जेठ
नेपाल तामाङ घेदुङ मधेश प्रदेशकाे दाेस्राे अधिबेशन २०८२ असार ७-८ गते हुने भएकाे छ । मधेश प्रदेशका ८ जिल्लाहरुका विभिन्न स्थानिय तहहरुले समयमा नै नगर वडा अधिबेसन गर्न नसकेपछि स्थगित गरिएकाे अधिबेशन अगामी असार ७ र ८ गते सम्पन्न गर्ने भनी जेठ १० गते शनिबार सर्लाहीकाे हरिवनमा बसेकाे मधेश प्रदेश सचिवालय समितिकाे बैठकले निर्णय गरेकाे छ । नेपाल तामाङ घेदुङ मधेस -प्रदेश सचिवालयको बैठकमा संघिय घेदुङको आठौ परिपत्र बमोजिमको सेरोफेरोमा रहि आबस्यक बिषयमा छलफल गरिएकाे मधेश प्रदेशका अध्यक्ष यमलाल गाेले तराई पाेष्टलाई जानकारी दिनु भयाे । साेही बैठकले मधेश प्रदेशकाे दोस्रो अधिबेशन २०८२/०३/७ र ८ गते अधिबेशन सम्पन्न गर्ने भनी निर्णय समेत गरेकाे थियाे । साे अधिबेशनलाई भब्य र सभ्य रुपमा सम्पन्न गर्न २०८२/०२/२४ गते शनिबार ११:०० बजे महोत्तरीस्थित नेपाल अहिंसाबादी बौद्ध गुम्बामा नेपाल तामाङ घेदुङ मधेस प्रदेश कार्यसमितिको बिशेष पुर्ण बैठक बस्ने समेत अध्यक्ष गाेलेले तराई पाेष्टलाई बताउनु भयाे

