राैतहटकाे गरुडामा नगर प्रमुखद्वारा मन्दिर शिलान्यास

राैतहट ११ जेठ
राैतहटकाे गरुडामा आइतबार नगर प्रमुख कन्थमनी प्रसाद जयसवालले एक मन्दिरकाे शिलान्यास गर्नु भएकाे छ । गरुडा नगरपालिकाकाे वडा नम्बर २, गेडीगुठीमा रहेकाे गढीमाई मन्दिरको आइतबार शिलान्यास गर्नु भएकाे हाे । आइतबार एक समारोहका बीच गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी प्रसाद जयसवाल र साेही वडाका वडाध्यक्ष कृषनन्दन सहनीले संयुक्त रूपमा साे मन्दिरकाे शिलान्यास गर्नु भएकाे नगरपालिकाले जनाएकाे छ ।  आफ्नाे संस्कृति, आस्था र पहिचानको प्रतीक गढीमाई मन्दिरको संरक्षण तथा विकासका लागि नगर प्रमुख जयसवालको पहलमा मधेस प्रदेश सरकारको पर्यटन मन्त्रालयबाट प्राप्त २५ लाख रकममा साे मन्दिर निर्माण कार्य प्रारम्भ गरिएको वडा अध्यक्ष सहनीले तराई पाेष्टलाई बताउनु भयाे । धार्मिक पर्यटन प्रवर्द्धनसँगै आफ्नो ऐतिहासिक र सांस्कृतिक सम्पदाको संरक्षणमा अझ प्रतिबद्ध रहने साे कार्यक्रममा जयसवालको बताउनु भएकाे थियाे । अभियानमा साथ र सहयोग गर्नुहुने सम्पूर्ण गेडीगुठीवासी, जनप्रतिनिधि, प्रदेश सरकार र सम्बन्धित निकायलाई नगर प्रमुख जयसवालले धन्यवाद समेत दिनु भएकाे थियाे ।

ताजा समाचार

Related Articles