रौतहट ६ जेठ
रौतहटमा गर्मी बढेसँगै डेंगु संक्रमणको जोखिम बढेको छ । पछिल्लो २ हप्तामा ५० भन्दा बढी विरामीहरुमा डेंगुका संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटले जनाएको छ । गर्मी मौसमको सुरुवात भएसँगै लामखुट्टेको प्रकोप बढेको जनस्वास्थ्य कर्मीहरुको भनाइ रहेको छ । रौतहटको गौर नगरपालिका क्षेत्र डेंगु प्रभावित क्षेत्रमध्ये अग्रस्थानमा रहेको छ । गौर नगरपालिकाका विभिन्न वडाहरूमा डेंगु संक्रमितको संख्या उच्च रहेका जिल्ला स्वास्थ्य कार्यालय रौतहटले पुष्टि गरेको छ । स्थानीय स्वास्थ्य संस्थाहरूमा बिरामीको चाप बढ्दै गएको औषधि तथा जाँचको अभाव देखिन थालेको स्थानिय अस्पतालहरुले जनाएको छ । जनस्वास्थ्य कार्यालय रौतहटले समुदायमा डेंगुका बारेमा चेतना फैलाउन अभियान सुरु गरेको जनाइएको छ । सो कारण गौर नगरपालिकाले फगिङ कार्यक्रम सञ्चालनको तयारी गरिरहेको समेत गौर नगरपालिकाले जनाएको छ । डेंगुको संक्रमण नियन्त्रण गर्नका लागि घर वरिपरि पानी जम्न नदिन जिल्ला जनस्वास्थ्य कार्यालय रौतहटका प्रमुख डा.रमेश यादवले आग्रह गर्नु गएको छ । स्थानीय बासिन्दाहरूले डेंगु संक्रमण थप फैलिन सक्ने भन्दै स्वास्थ्य सेवा सुदृढ गर्न माग गरेका छन ।

