राैतहटमा विद्युतीय टाेकन प्रणालीकाे शुरुवात , घण्टाै लाइन बस्नु पर्ने झन्झटकाे अन्त्य

राैतहट ५ जेठ
राैतहटमा विद्युतीय टाेकन प्रणालीकाे शुरुवात भएकाे छ । साेमबार राैतहटकाे गाैरमा प्रमुख जिल्ला अधिकारी विनाेद कुमार खड्काले जिल्ला प्रशासन कार्यालय रौतहटमा विद्युतिय टोकन प्रणाली लागु गर्नु हुँदै नयाँ कार्यको #सुरुवात गर्नु भएकाे छ । जिल्ला प्रशासन कार्यालय राैतहटमा सेवाग्राहीहरु घण्टाै लाइन बस्नु पर्ने झन्झट याे प्रणालीकाे शुरुवात भएसँगै त्यसकाे अन्त्य भएकाे छ । प्रमुख जिल्ला अधिकारी खड्काले साेमबार टोकन प्रणालीको शुभारम्भ गरेसँगै जिल्ला प्रशासन कार्यालय गौरमा घण्टौं लाइनमा बस्नुपर्ने बाध्यता अन्त्य भएको छ । साे कार्यालयमा नयाँ नागरिकता, नागरिकताको प्रतिलिपि, राहदानी र राष्ट्रीय परिचयपत्र बनाउन सेवाग्राहीलाई निकै सहज हुने भएको छ। सहज रुपमा सेवाग्राहीले सेवा लिन पाउने भएपछि स्थानिय सेवाग्राही खुशी भएका छन । यस किसिमकाे प्रणाली राैतहटका सबै स्थानिय तहहरुमा समेत लागू गर्नु पर्न आम नागरिकहरुकाे सुझाव रहेकाे छ ।

ताजा समाचार

Related Articles