रौतहटको गरुडाका नगर प्रमुख जयसवालद्धारा छात्राहरुलाई साइकल वितरण

रौतहट ३ जेठ
रौतहट गरुडाका नगर प्रमुख कन्थमनि प्रसाद जयसवालले छात्राहरुलाई शनिबार साइकल वितरण गरेको छ । छात्रालाई उच्च शिक्षातर्फ आकर्षित गर्ने तथा घरबाट विद्यालय टाढा भएकाहरुलाई अध्ययन गर्न विद्यालय क्याम्पससम्म पुग्न सहज हुने उद्देश्यले सो साईकल बितरण गरेको नगर प्रमुख जयसवालले बताउनु भयो । नगर प्रमुख जयसवालले शनिबार गरुडा नगरपालिका ९ नयाँ गम्हरिया श्रीपुर स्थित श्री माध्यमिक विद्यालयमा २२ जना दलित, गरिब तथा जेहेन्दार छात्राहरूलाई साइकल वितरण गरिएको गरुडाका प्रमुख प्रशासकीय अधिकृत महमद मुस्ताख आलमले बताउनु भयो । त्यसैगरी गरुडा नगरपालिकाको वडा नम्बर ७ स्थित श्री मावि पिपरिया दोस्तियामा पनि एक कार्यक्रमको आयोजना गरी २२ जना दलित तथा गरिब छात्राहरुलाई साइकल वितरण गरिएको प्रशासकिय अधिकृत आलमले जानकारी दिनु भयो । सो अवसरमा कार्यक्रमलाई सम्बोधन गर्नु हुदै नगर प्रमुख जयसवालले छात्राहरुलाई साईकल बितरन गर्न पाउँदा निकै खुशी लागेको बताउनु भएको थियो । उहाले शिक्षामा समान अवसर सुनिश्चित गर्न र बालिकाहरुको पहुँचलाई सहज बनाउन यस कार्यक्रमले सकारात्मक प्रभाव पार्ने विश्वास लिएको उहाको भनाइ रहेको थियो । नगर प्रमुख जयसवालले गरुडा नगरपालिकाले आगामी दिनमा समेत शिक्षा, स्वास्थ्य र सामाजिक न्यायका क्षेत्रमा जनउत्तरदायी कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो । शिक्षामा सशक्तिकरण र समावेशीताको अभियानमा निरन्तर अग्रसर रहने प्रतिबद्धता समेत नगर प्रमुख जयसवालले जनाएका थिए ।

ताजा समाचार

Related Articles