रौतहट ४ जेठ
रौतहटको चन्द्रनिगाहपुरमा शनिबार जेष्ठ कम्युनिष्ट सम्मान कार्यक्रम सम्पन्न भएको छ । मदन भण्डारी फाउण्डेसन रौतहटको आयोजनामा सम्पन्न सो कार्यक्रममा ५५ जना ७५ बर्षभन्दा माथीका कम्युनिष्ठ आन्दोलनमा योगदान गरेका जेष्ठ नागरिकहरुलाई सम्म्मान गरेको फाउण्डेसनका सचिव देवराज न्यौपानेले तराई पोष्टलाई जानकारी दिनु भयो । ३२ औ मदन आश्रित स्मृति दिवसको अवसरमा रौतहटको चन्द्रनिगाहपुरस्थित होटल एन प्लाजामा सो कार्यक्रम सम्पन्न भएको मदन भण्डारी फाउण्डेसन रौतहटले जनाएको छ ।

मदन भण्डारी फाउण्डेसनका प्रदेश अध्यक्ष राज महोमद रायको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य , रौतहट जिल्ला इन्चार्ज अजय गुप्ता , मधेश प्रदेश उपसचिव आरती भण्डारी , मदन भयडारी फाउण्डेसनका जिल्ला इन्चार्ज अमर आले ,पार्टी जिल्ला सचिव बाबुराम दाहाल लगायत नेकपा एमालेप्रति सदभाव राख्नु हुने शुभचिन्तक तथा पार्टीका नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

