नेकपा एमाले चन्द्रपुर—१ को अध्यक्षमा श्रेष्ठ निर्वाचित

रौतहट ३ जेठ
नेकपा एमाले चन्द्रपुर १ वडा कमिटिको वडा अधिबेशन सम्पन्न भएको छ । गत बैशाख ३० गते सो अधिबेशनको उद्घाटन सत्र सम्पन्न भएको थियो । सहमतिमा नेतृत्व चयन हुन नसकेपछि आज जेठ ३ गते अधिबेशनको नेतृत्व चयनका लागी निर्वाचन मण्डलका संयोजक चन्द्र बहादुर लामिछानेको संयोजकमा गठित निर्वाचन मण्डलले निर्वाचन प्रक्रियाबाट नेतृत्वको चयन गरेकाृ छ । सो निर्वाचनबाट सन्दीप कुमार श्रेष्ठको अध्यक्षतामा १९ सदस्यीय वडा कमिटि निवाचित भएको संयोजक लामिछानेले तराइ पोष्टलाई जानकारी दिनु भयो । आज जेष्ठ ३ गते सम्पन्न निर्वाचन प्रक्रियाबाट अध्यक्षका उमेदवार सन्दीप कुमार श्रेष्ठले १३ मतान्तरले सुकेन्द्र बन्धु गोलेलाई पछि पार्दै पार्टीको १ नम्बर वडा कमिटीको अध्यक्षमा निर्वाचित हुनु भएको छ भने अन्य पदाधिकारी एवम सदस्यहरुमा भने सर्वसम्मतिले चयन भएको थियो । निर्वाचनमा ८८ जनाले मतदान गरेका थिए । जसमा अध्यक्ष सन्दिप कुमार श्रेष्ठले ४५ मत प्राप्त गरेका थिए भने सुकेन्द्र बन्धु गोलेले ३२ मत प्राप्त गरेका थिए । १ मत भने बदर भएको निर्वाचन मण्डलले जानकारी दिएको छ । आज सम्पन्न निर्वाचनबाट अपाध्यक्ष भुवन कुमार कार्की , सचिव राम बहादुर बिक , उपसचिव अनन्त खनाल , लुङ्गु माया गोले , सदस्यहरुमा शिला कुमारी न्यौपाने , सुकराम स्याङ्तान , वेद बहादुर श्रेष्ठ , रेशम बहादुर गोले , मोहन कुमार जोशी लगायतका पदाधिकारीहरु चयन भएका छन ।

ताजा समाचार

Related Articles