राैतहट ३ जेठ
राैतहटमा गएराती एक ब्यक्तिकाे दुर्घटनामा परि मृत्यु भएकाे छ । पूर्वर्व पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रनिगापुरमा गएरात दुर्घटनामा परेर एकजना अन्दाजी ३५ बर्षीय युवकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय राैतहटले जनाएकाे छ। के कसरी दुर्घटना भएकाे एकिन हुन सकेकाे छैन । प्रहरीले साे ब्यक्तिकाे के दुर्घटनामा परेर मृत्यु भएकाे हाे मृतकको पहिचान र दुर्घटना बारे हालसम्म एकिन खुल्न नसकेको ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरका प्रमुख डिएसपी राजकुमार राईले तराई पाेष्टलाई बताउनु भयाे । गएराति १० बजेको समयमा चन्द्रपुर–४ पुर्व पश्चिम राजमार्ग सडक खण्डमा उक्त युवक दुर्घटना भई घाईते अवस्थामा लडिरहेकाे फेला परेको प्रहरीले जनाएकाे छ । प्रहरी गस्ती टोलीले तत्काल निजलाई उद्दार गरी उपचारको लागी स्थानिय अस्पतालमा लगेकाे थियाे तर डाक्टरले निजकाे मृत्यु भएकाे घोषणा गरेको डिएसपी राईले बताउनु भयाे । राजमार्गमा गुडिरहेको कुनै गाडी बाट लडेर उक्त दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको डिएसपी राईको भनाई रहेको छ। मृतकको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चन्द्रनिगाहपुरमा राखिएको तथा घटना सम्बन्धी अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरले जनाएको छ। मृतकलाई चिन्नु हुने महानुभावहरूले ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा सम्पर्क गर्नहुन प्रहरीले अनुरोध समेत गरेको छ।

