मदन आश्रित स्मृति दिवसमा नेकपा एमाले राैतहट काठमाडौ सम्पर्क मञ्चद्वारा बृद्वाहरुलाई भाेजन ग्रहण गराउदै

काठमाडौ ३ जेठ
मदन आश्रितकाे ३२ औ स्मृति दिवसमा नेकपा एमाले राैतहट काठमाडौ सम्पर्क मञ्चले एक बृद्व आश्रममा भाेजन ग्रहण कार्यक्रमकाे आयाेजना गरेकाे छ । भक्तपुरमा रहेकाे ओम वृद्धाश्रममा रहेका वृद्ध बुबा-आमाहरुलाई भोजन ग्रहण गराउने कार्यक्रम शनिबार जेठ ३ गते आयोजना गरेकाे  रौतहट – काठमाडौं सम्पर्क मञ्चका कोषाध्यक्ष श्याम चौहानले तराई पाेष्टलाई जानकारी दिनु भयाे । २०५१ साल जेठ ३ गतेका दिन दासढुङ्गामा तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र नेता जिवराज आश्रितकाे गाडी दुर्घटनामा परि मृत्यु भएकाे थियाे । नेता द्वयकाे निधन भएकाे ३१ बर्ष पुरा भई ३२ बर्ष प्रबेश गरेकाे दिन २०८२ जेठ ३ गते शनिवार उहाहरुकाे स्मृतिमा साे कार्यक्रम गरिएकाे चाैहानले बताउनु भयाे ।
रौतहट – काठमाडौं सम्पर्क मञ्चले विगतबाट नै वार्षिक क्यालेन्डर अनुरूप वर्षभरि विभिन्न समयमा सामाजिक उत्तरदायित्व अन्तर्गत विविध कार्यक्रम गर्दै आइरहेको छ । साेही कार्यक्रम अन्तर्गत आफ्नो युवा अवस्था व्यतीत गरेर वृद्ध अवस्थाको जीवनयापन गरिरहनु भएको बुबा आमाहरुसँग प्रत्यक्ष भेटेर, भलाकुसारी सहित माया साटासाट गर्ने उद्धेश्य अनुसार कार्यक्रमकाे आयोजना गरिएकाे मञ्चका अध्यक्ष नबिन कुमार तुम्सिङले बताउनु भयाे । राैतहट काठमाडौं सम्पर्क मञ्चले रौतहट घर भई काठमाडौंमा बसोबास गर्दै आउनु भएका नेकपा एमाले समर्थित साथीहरुको बीचमा भाइचाराको विकास गर्ने, एक अर्काको दुःख सुखमा साथ, सहयोग गर्दै आइरहेको छ । यसपटक मदन-आश्रितको स्मृतिमा आयोजित कार्यक्रममा बृद्वबृद्वाहरुप्रति सम्मानमा हुने आयाेजकले जनाएकाे छ । साे कार्यक्रमको सम्पूर्ण तयारी पुरा भइसकेको कार्यक्रम संयोजक बाल कुमारी दर्लामीले जानकारी दिनु भयो । राैतहट घर हुनु भई विभिन्न कामकाे सिलसिलामा काठमाडौं बस्दै आउनु भएका नेकपा एमालेप्रति आस्था राख्नु हुने सम्पुर्ण राैतहटवासीलाई साे कार्यक्रममा सहभागी हुन अपिल समेत गरेकाे छ ।

ताजा समाचार

Related Articles