राैतहट ३ जेठ
राैतहटमा एक अनाथलयका सञ्चालककाे निधन भएकाे छ ।
रौतहटको गरुडामा २०५२ सालदेखि वंशिराम अनाथलय स्थापना गरि अनाथ बालबालिकाकाे हेरचाह गर्दै आउनु भएका वंशीराम जयसवालको ९३ वर्षको उमेरमा निधन भएको हाे । शारीरिक समस्याका कारण गरुडास्थित अनामिका अस्पतालमा उपचारका क्रममा उहाका निधन भएकाे भतिज पंकज जयसवालले तराई पाेष्टलाई जानकारी दिनु भयाे । २०५२ सालमा जयसवालले आफ्नो नाममा वंशीराम जयसवाल अनाथालयको स्थापना गरेका थिए। गरुडा-४ बजारस्थित आफ्नै जमिनमा अनाथालय स्थापना गरी उहाले परिवार त्यागेर अनाथ बालबालिकाको हेरचाह र संरक्षणमा आफ्नो सम्पूर्ण जीवन बिताएका थिए। त्यसपछि, बालबालिकाको पठनपाठनका लागि अनाथालय प्राथमिक विद्यालय पनि सञ्चालन गराएका थिए । यसैगरी, आफ्नो निजी जमिन निःशुल्क दिँदै उहाले गायत्री शक्तिपीठको स्थापना र संचालन पनि गरेका थिए । जयसवालले स्थापना गरेको अनाथालयबाट हुर्केका दर्जनौँ व्यक्तिहरू नेपाल, भारत र दक्षिण कोरियामा विभिन्न प्रतिष्ठित पेशामा कार्यरत छन । हाल उक्त अनाथालयमा २४ जना बालबालिका रहेकाे जनाइएकाे छ । उहाकाे शव केही श्रद्धाञ्जलीका लागि अनाथालयमा राखिने र त्यहीँ अन्तिम संस्कार गरिएकाे परिवारले जनाएको छ।

