राैतहट ३ जेठ
राैतहटकाे बागमति नदी अबैध रुपमा दाेहन गर्ने काम तिब्र रुपमा बढ्दै गएपछि शुक्रबार जिसस र रौतहटका सुरक्षा निकायद्वारा संयुक्त रुपमा अनुगमन गरिएकाे छ । रौतहटका सुरक्षा निकाय र जिल्ला समन्वय समितिको संयुक्त टोलीले शुक्रबार नदी दाेहन राेक्नका लागी बागमती नदीको अवैध उत्खनन बारे स्थलगत अनुगमन गरेको हाे । अनुगमन टोलीले अनुगमनकाे क्रममा गढीमाई नगरपालिकाको बलुवा घाटबाट अवैध नदी उत्खनन गर्दै गरेका एक जेसिबि समेत नियन्त्रणमा लिएको जनाएका छ । नियन्त्रणमा लिएकाे साे स्काभेटर सशस्त्र प्रहरी बलको कार्यालय समनपुरको नियन्त्रणमा रहेको प्रहरीले जनाएकाे छ । बागमती नदीबाट अवैध रुपमा नदीजन्य पदार्थहरु ढुङ्गा, गिट्टी र बालुवाको उत्खनन भइरहेको तथा तोकिएको भन्दा बढी उत्खनन भएको गुनासो आएपछि जिल्ला समन्वय समिति रौतहट, जिल्ला प्रशासन कार्यालय रौतहट, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, नेपाली सेना लगायतको टोलीले शुक्रबार नदी अनुगमन गरेको हो । रौतहटका प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्का, जिल्ला समन्वय समितिका सभापति रामअयोध्या प्रसाद यादव, नेपाल प्रहरीका रौतहट प्रमुख प्रहरी उपरीक्षक नेत्र मणि गिरी, सशस्त्र प्रहरी रौतहट प्रमुख वसन्त थापा, राष्ट्रिय अनुसन्धान विभाग रौतहटका प्रमुख अभिनय कुमार सिंहसहितका सुरक्षा पदाधिकारी तथा अनुगमन समितिले राैथहटका नदीजन्य पदार्थको उत्खनन, निकासी तथा क्रसिङ हुने प्रमुख स्थानको स्थलगत अनुगमन गरेको छ । समन्वय समितिका पदाधिकारी र सुरक्षा निकायका प्रमुखहरुको संयुक्त अनुगमन टोलीले वृन्दावन नगरपालिकाको बागमती नदीको रमौली, विश्रामपुर, हरैया पल्टुवा, गढिमाई नगरपालिकाका समनपुर लगायत विभिन्न घाटहरुको स्थलगत अनुगमन निरीक्षण गरेको छ । स्थानीय तहहरूको सिमाना तथा क्षेत्राधिकारमा पर्ने नदीबाट नदीजन्य पदार्थ बालुवा, गिट्टी, ढुंगा, ग्रेबल निकाल्न लगाइएको ठेक्काअनुरूप ठेक्का सकार गरेका व्यवसायीले वातावरणमा प्रभाव नपर्ने गरी कार्य गरेकाे रौतहटका प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले बताउनु भयाे । अनुगमनको क्रममा संयुक्त अनुगमन टोलीले नियम विपरीत नदीजन्य पदार्थ उत्खनन नगर्न सम्बन्धित व्यक्तिलाई सचेत गराएको अधिकारी खड्काले बताउनु भएकाे छ ।

खोलाको दोहन नियन्त्रण गर्न हामी सबै सरोकारवालाले कडाइका साथ लाग्नुपर्ने तथा अवैध रुपमा भइरहेको नदी, खोलाको दोहन रोक्न सम्बन्धित निकायलाई निर्देशन गरिएको प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले तराई पाेष्टसँग बताउनु भयाे । अवैध तरिकाले नदीजन्य पदार्थ उत्खनन गरी क्रसर उद्योगमा भण्डारण गरेर राख्ने र चर्को मूल्यमा बिक्री गर्ने क्रम बढेपछि रौतहटका सुरक्षा निकाय र जिल्ला समन्वय समितिले अवैध नदी उत्खनन कार्य रोक्न अनुगमन निरीक्षण गर्न थालेकाे जिल्ला प्रहरी कार्यालय राैथहटले जनाएकाे छ ।

