जय नेपाल कप सिन्धुरेघारीकाे पाेल्टामा

राैतहट २ जेठ
जय नेपाल कप क्रिकेट प्रतियोगिताकाे उपाधी सिन्धुरेघारि क्याम्पसले हात पारेकाे छ । राैतहटकाे चन्द्रनिगाहपुरमा गत बैशाख २३ गतेबाट सञ्तालन भएकाे जय नेपाल कप T20 अन्तर कलेज प्रतियोगिताकाे फाईनल खेलमा सिन्धुरेघारी मल्टिपल क्याम्पस (चापुर) ले मध्य रौतहट मल्टिपल क्याम्पस (गरुडा) लाई ६८ रनले पराजित गर्दै उपाधि हात पारेको हाे । खेलमा सिन्धुरेघारी क्याम्पसले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १३१ रन बनाएकाे थियाे । सिन्धुरेघारीकाे तर्फबाट राजेश यादवले उत्कृष्ट प्रदर्शन गर्दै ३८ बलमा अविजित ४९ रन बनाएका थिए भने राज पटेलले २५ बलमा ३० रन जोडेका थिए । विजय रौनियारले पनि ५ बलमा ८ रनको योगदान दिएका थिए । बलिङतर्फ मध्य रौतहटका उमेश पटेल, धर्मेन्द्र स र विक्की सुरजले समान ४ ओभर पूरा गर्दै क्रमश: १, १, र ० विकेट लिएका थिए । जवाफमा मध्य रौतहट क्याम्पस १०.२ ओभरमा जम्मा ६३ रनमा नै सिमित रहि अलआउट भएकाे थियाे । रवि जयसवालले ५ बलमा १२ रन, अमरेन्द्र जे. ले १७ बलमा ११ रन, र विक्की सुरजले ७ बलमा १० रन बनाएका थिए । बाँकी ब्याट्सम्यानहरू खासै टिक्न सकेनन् । सिन्धुरेघारी क्याम्पसका बलर मोहन घिमिरेले ३ ओभरमा १५ रन दिँदै ५ विकेट लिएर खेललाई एकतर्फी बनाएका गिए । राजेश यादवले २.२ ओभरमा १४ रन खर्चेर २ विकेट लिए भने अर्बिन्द बठाले २ ओभरमा १२ रन दिँदै १ विकेट झारेका थिए । सिन्धुरेघारी मल्टिपल क्याम्पसले यो शानदार जितसँगै यश सिजनकाे पहिलाे‘जय नेपाल कप’ को उपाधि जितेको छ ।

ताजा समाचार

Related Articles