साढे २२ लाख रुपैयाँको लागतमा योग भवन निर्माण हुँदै

रौतहट, १ जेठ।  रौतहट जिल्लाको उत्तरीभेग गुजरा नगरपालिका–१ मनहर्वा गाउँमा साढे २२ लाख रुपैयाँको लागतमा योग भवन निर्माण सुरु भएको छ।

पूर्व मन्त्री तथा प्रदेश सांसद केशव राय चौधरीको पहलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, मधेस प्रदेशबाट विनियोजित उक्त बजेटबाट आरोग्य तथा योग भवन (सार्वजनिक) भवन सुरु भएको हो।

बुधवार एक कार्यक्रमको आयोजना गरी प्रमुख अतिथि पूर्व मन्त्री चौधरीले विधिवत रूपमा शिलान्यास गरेसंगै भवनको निर्माण सुरु भएको हो।

यसै आर्थिक वर्षभित्र भवनको निर्माण सम्पन्न गरिने योजना रहेको पूर्व मन्त्री चौधरीले न्युज कारखानालाई बताए । शिलान्यास कार्यक्रममा वडाका सम्पुर्ण  नेता कार्यकर्ता, बुद्धिजीवी, समाजसेवी तथा जनसमुदायको उल्लेखनीय उपस्थिति रहेको थियो।

ताजा समाचार

Related Articles