राैतहट १ जेठ
राैतहटमा नेकपा माओवादी केन्द्रलाई ठुलाे झटका लागेकाे छ । राैतहटकाे गुजरा नगरपालिकाकाे वडा नम्बर ३ सिमरीमा बुधबार नेकपा (माओवादी केन्द्र)का प्रदेश कमिटी सदस्य माझी राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रिय उपाध्यक्ष तथा माओवादी केन्द्र गुजरा नगरकाे इन्चार्ज काजीमान माझीसहित उहाँ कै नेतृत्वमा भोलनटार इपिलबस्ती र सिमरीका सयौ माओवादिकेन्द्रका कार्यकर्ता नेकपा(एमाले) मा पार्टी प्रबेश गरेका छन । माओवादी केन्द्रले आम नागरिककाे पक्षमा कुनै त्यस्ताे काम गर्न नसकेकाे र आफुहरुकाे कामकाे समेत मुल्यांकन गर्न नसकेकाे साे कार्यक्रममा प्रष्ट पार्नु भएकाे थियाे । गरिव निमुखा सुकुम्बासीहरुकाे स्थायी बास स्थानकाे सुनिश्चितता गर्न माओवादी केन्द्रलाई बारम्बार ताकेता गर्दा समेत अझ आयाेगकाे बिधेकमाथी नै प्रश्न गरि बिधेक पास गराउन नदिने खेलमा माओवादी लागेकाेले माओवादी केन्द्र जनताकाे पार्टी नभएको प्रष्ट देखिएकाले आफू सयाैका संख्यासहित नेकपा एमाले प्रबेश गरेकाे माझीले बताउनु भयाे । कार्यक्रममा भुमि समस्या समाधान आयाेगका केन्द्रित सदस्य तथा मधेश प्रदेश ईन्चार्च आरति भण्डारी , राैतहट जिल्ला अध्यक्ष अखलेश्वर चाैधरी लगायत स्थानिय एमाले नेता कार्यकर्ता हरुले पार्टी प्रबेश गराउनु भएका थिए ।

