चन्द्रपुर जय नेपाल कप : मध्य राैतहट र सिन्धुरेघारी बहुमुखी क्यम्पस विजयी

राैतहट २८ बैशाख
राैतहटकाे चन्द्रपुरमा सञ्चालन भईरहेकाे जय नेपाल कप अन्तरगतकाे छैठाै दिनकाे खेलमा मध्य रौतहट बहुमुखी क्याम्पस गरुडा र सिन्धुरेघारी बहुमुखी क्याम्पस चन्द्रपुरले जित निकालेकाे छ । नेपाली काग्रेस विद्यार्थी विभाग राैतहटकाे आयाेजनामा अन्तर कलेज T-20 क्रीकेट लिग प्रतियोगिता चलिरहेकाे छ । आजकाे पहिलाे खेल मध्य रौतहट बहुमुखी क्याम्पस गरुडा र सुरत रामकेवल बहुमुखी क्याम्पस गुजराको बिचमा भएकाे थियाे । साे खेलमा मध्य रौतहट बहुमुखी क्याम्पस गरुडा ८५ रनले विजयी भएको छ । टस जितेर ब्याटिङमा उत्रिएको मध्य रौतहट बहुमुखी क्याम्पस गरुडाले निर्धारित २० ओभरको खेलमा ५ विकेट क्षतिमा १९० रन जाेडेकाे थियाे । जवाफी ब्याटिङमा उत्रिएको सुरत रामकेवल बहुमुखी क्याम्पस गुजराले  २० ओभरमा ९ विकेट गुमाउँदै केवल १०५ रन मात्रै जोड्न सफल भयाे । साे खेलको प्लेयर अफ द म्याच मध्य रौतहट बहुमुखी क्याम्पस गरुडाका नितेस यादव बनेका थिए । यादवले २६ बलमा ५५ रन जोडेका थिए । उहाले ३ ओभर बलिङ गर्दै १६ रन खर्चेर ३ विकेट लिएका थिए ।

त्यसैगरी दोस्रो खेल सिधुरेघारी बहुमुखी क्याम्पस चन्द्रपुर र श्री देवी सिटिईभिटि कलेज माधवनारायण नगरपालिकाको बिचमा भएको थियो । साे खेलमा सिधुरेघारी बहुमुखी क्याम्पस ७ विकेटले विजयी भएको छ । टस जितेर ब्याटिङमा उत्रिएको श्री देवी सिटिईभिटि कलेजले १९.१ ओभरमा आफ्नो सबै विकेट गुमाउँदै ८५ रन मात्रै जोडेको थियोे । जवाफी ब्याटिङमा उत्रिएको सिधुरेघारी बहुमुखी क्याम्पसले १६.१ ओभरमा ३ विकेटको क्षतिमा आफ्नो लक्ष्य पूरा गरेको थियो । साे खेलको प्लेयर अफ द म्याच सिधुरेघारी बहुमुखी क्याम्पसका अर्विन्द बैठा बनेका थिए ।  उहाले ४ ओभर बलिङ गर्दै १४ रन खर्चर विकेट लिएका थिए ।

ताजा समाचार

Related Articles