बुद्व जयन्तीकाे पुर्व सन्ध्यामा चन्द्रनिगाहपुरमा सरसफाई सम्पन्न

राैतहट २७ बैशाख
राैतहटमा शनिबार सरसफाई गरिएकाे छ । राैतहटकाे चन्द्रपुर नगरपालिकाकाे वडा नम्बर ४ कप्तान टाेलस्थित सेडुप फेन्दे गुम्बाकाे प्राङ्गणबाट सरसफाई शुरु गरिएकाे नेपल तामाङ घेदुङ राैतहटले तराई पाेष्टलाई जानकारी दिनु भयाे । भगवान गाैतम बुद्वकाे साेमबार २५६९ औ  बुद्व जयन्तीकाे अवसरमा शनिबार सडक सरसफाई कार्यक्रमकाे आयाेजना गरिएकाे जनाइएकाे छ ।  बुद्ध जयन्ती मुल समारोह समिति रौतहटको आयोजनामा शनिबार गुम्बा परिसरबाट टेकान हुँदै चन्द्पुर चाेककाे तीन कुने पार्क सरसफाई गरेसँगै शनिबारकाे सरसफाइ कार्यक्रम समापन गरिएकाे आयाेजकले बताएकाे छ । बैशाख २९ गते सोमबार रौतहटको चन्द्रनिगाहपुरमा हुने २५६९ औं  बुद्ध जयन्ती विशेष कार्यक्रम अन्तर्गत शान्ति -याली तथा धर्मदेशना एवम वाङ अभिषेक कार्यक्रम हुने र साेही कार्यक्रमकाे पूर्व सन्ध्यामा शनिबार मधेस प्रदेश सभासद पूर्व माननीय धनलाल थोकरको प्रमुख आतिथ्यता तथा चन्द्रपुर नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष सहदेव खडका , समाजसेवी व्यक्तित्वहरु, सशस्त्र प्रहरी वलका प्रतिनिधिहरु, तामाङ घेदुङ, मगर संघ, थारु कल्याणकारी सभा, गुम्बा लगायत संघ/संस्थाका पदाधिकारी एवम सदस्यहरुको सहभागितामा चन्द्रपुर नगर सरसफाइ कार्यक्रम सम्पन्न भएकाे नेपाल तामाङ घेदुङ राैतहटका पुर्व अध्यक्ष बाल कुमार लामाले बताउनु भयाे । सहभागीहरुले तपाईकाे एक दिन राज्यकाे लागी खर्चनु पर्ने प्रतिक्रिया दिएका थिए ।  चन्द्रनिगाहपुरकाे मुख्या स्थल तिन कुने चाेक सरसफाई गर्दै कम्तिमा पनि हप्ताकाे १ दिन हाम्राे शहर सरसफाइमा खर्चन सके हाम्राे गाउँ टाेल शहर सुन्दर र आकर्षक बनाउन सकिने तामाङ अभियानता राम बहादुर घलानकाे भनाई रहेकाे छ । साेमबार २५६९ औ बुद्व जयन्ति धुमधामका साथ मनाउने तयारी पूरा भएकाे बताउनु हुँदै सबै भक्तालुजनहरुमा सहभागी जनाई दिनु हुन आयाेजकले अनुराेध समेत गरेकाे छ । त्यसैगरि साेमबार हुने बुद्ध जयन्ती कार्यक्रमको पूर्व सन्ध्यामा प्रचारप्रसारको लागि चन्द्रपुर नगरपालिका वडा नम्बर १ मा बैशाख २८ गते आईतबार बिहान ०७:०० बजे मोटरसाइकल -याली हुने पनि आयाेजकले जनाएकाे छ ।

ताजा समाचार

Related Articles