नेपाल चिकित्सक संघ रौतहट शाखा विस्तार, अध्यक्षमा डा. सुभाषकुमार चौधरी चयन

    रुपेन्द्र पटेल
चन्द्रपुर,२७ बैशाख । नेपाल चिकित्सक संघ रौतहट शाखा विस्तार भएको छ । चन्द्रपुरस्थित होटेल आरोहीमा शनिबार एक कार्यक्रम बीच सो शाखा विस्तार भएको हो ।
नयाँ विस्तारसहित शाखाको नेतृत्व डा. सुभाष कुमार चौधरीले गर्ने भएका छन्।
नवगठित कार्यसमितिमा डा. चौधरी अध्यक्ष चयन भएका हुन् भने १५ सदस्यीय पदाधिकारी टोली गठन गरिएको छ । वरिष्ठ उपाध्यक्षमा डा. कौशर आलम, उपाध्यक्षमा डा. राकेश चौधरी, सचिवमा डा. मनोज कुमार कौशल, कोषाध्यक्षमा डा. शशीरञ्जन तिवारी, सहसचिवमा डा. नवीनकुमार सिंह र सहकोषाध्यक्षमा डा. राम भरोस प्रसाद चयन भएका छन्।
सदस्यहरूमा डा. श्यामबाबु साह, डा. राकेश कुमार साह, डा. पंकज कुमार साह, डा. यादव प्रसाद घिमिरे, डा. राम ईश्वर साह, डा. अमरेश कुमार यादव, डा. अम्बेडकर कुमार यादव र डा. मोहम्मद सद्र्य आलम रहेका छन्। यसैगरी, सल्लाहकारको रूपमा डा. राजेन्द्रकुमार चौधरी र डा. अभिनन्दन कुमार श्रीवास्तवले जिम्मेवारी पाएका छन्।

कार्यक्रममा नेपाल चिकित्सक संघका केन्द्रीय अध्यक्ष डा. अनिल विक्रम कार्की प्रमुख अतिथि रूपमा सहभागी थिए। विशेष अतिथि उपाध्यक्ष डा. निरज सिंह, महासचिव डा. संजिव तिवारी तथा तनहुँ शाखाका अध्यक्ष डा. राम श्रेष्ठको पनि उल्लेखनीय उपस्थिति रहेको थियो।

संघीय तहका प्रमुख पदाधिकारीहरूको सहभागिता रहेको यस कार्यक्रममा स्वास्थ्य सेवा क्षेत्रको सशक्तिकरण, चिकित्सकहरूको हकहित संरक्षण तथा रौतहटमा गुणस्तरीय स्वास्थ्य सेवा प्रवर्द्धनमा नयाँ कार्यसमिति क्रियाशील हुने प्रतिबद्धता गरिएको थियो।

कार्यक्रमले रौतहट जिल्लामा स्वास्थ्य सेवा प्रणालीको संस्थागत विकासमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ ।

ताजा समाचार

Related Articles