राैतहट २७ बैशाख
राैतहटमा चिकित्सकहरु एकजुट हुन थालेका छन । शनिबार राैतहटकाे चन्द्रनिगाहपुरकाे हाेटल आराेहीमा चिकित्सकहरुकाे एक भेलाले चन्द्रपुर हस्पिटल प्रा.ली. का सञ्चालक सुभाष कुमार चाैधरीकाे अध्यक्षता १५ सदस्यीय नेपाल चिकित्सक संघले रौतहटकाे तदर्थ समिति विस्तार गरेको छ। राैतहटमा पहिलाे पटक नेपाल चिकित्सक संघ रौतहटको जिल्ला कार्य समिति चयन गरिएको हाे । चन्द्रपुर हस्पिटलका सञ्चालक समेत रहेका डाक्टर सुभाष कुमार चौधरीको अध्यक्षतामा १५ सदसीय नयाँ शाखा सहित कार्य समिति गठन गरिएको चाैधरीले तराई पाेष्टलाई जानकारी दिनु भयाे । साे नव गठित नेपाल चिकित्सक संघ, रौतहट शाखाको वरिष्ठ उपाध्यक्षमा डा. कौशर आलम, उपाध्यक्षमा डा. राकेश चौधरीलाई चयन गरिएको छ। त्यसै गरी समितिकाे सचिवमा डा. मनोज कुमार कौशल, कोषाध्यक्षमा डा. शशी रंजन तिवारी, सहसचिवमा डा. नवीन कुमार सिंह र सहकोषाध्यक्षमा डा. राम भरोस प्रसादलाई चयन गरिएको हो । सदस्यहरुमा डा. श्याम बाबु साह, डा. राकेश कुमार साह, डा. पंकज कुमार साह, डा. यादव प्रसाद घिमिरे, डा. राम ईश्वर साह, डा. अमरेश कुमार यादव, डा. अम्बेडकर कुमार यादव, र डा. मोहमद सदरे आलम गरी जम्मा १५ जनाको कार्यसमिति गठन गरिएकाे डाक्टर सुभाष चाैधरीले बताउनु भयाे । साेही भेलाले डा. राजेन्द्र कुमार चौधरी, र डा. अभिनन्दन श्रीवास्तवलाई सल्लाहकार समितिमा चयन गरिएको संघका अध्यक्ष डा. सुभाष कुमार चौधरीले जानकारी दिनु भयाे । कार्यक्रम नेपाल चिकित्सक संघका केन्द्रीय अध्यक्ष डा. अनिल बिक्रम कार्कीको प्रमुख आतिथ्य तथा डा. सुभाष कुमार चौधरीको अध्यक्षतामा सम्पन्न भएको हाे । कार्यक्रममा हेल्थ ल्याण्ड हस्पिटल गरुडाका डा. राकेश चौधरी, अनामिका हस्पिटल गरुडाका डा. आरबी प्रसाद गुप्ता, राजपुर नगरपालिका मेयर डा. राजिक आलम लगाएत विभिन्न अस्पतालमा कार्यरत डाक्टरहरुले सहभागिता जनाएका थिए ।

