पाचाै दिनकाे जय नेपाल कपमा अभियान कन्सल्टेन्सी र गाैरी शंकर बहुमुखी क्याम्पस बिजयी

राैतहट २७ बैशाख
राैतहटमा जय नेपाल कप क्रिकेट प्रतियोगिता अन्तरगतकाे पाचाै दिनकाे खेलमा अभियान कन्सल्टेन्सी गाैर र गाैरी शंकर बहुमुखी क्याम्पस विजयी भएकाे छ । पाचाै दिन आज शनिबार पहिलाे खेल लक्ष्मी श्री बहुमुखी क्याम्पस समनपुर र अभियान एजुकेसन कन्सल्टेन्सी गौरको बिचमा भएको थियाे । साे खेलमा अभियान एजुकेसन कन्सल्टेन्सी गौर ७ विकेटले विजयी भएको छ । टस जितेर ब्याटिङमा उत्रिएको  लक्ष्मी श्री बहुमुखी क्याम्पस समनपुरले १४.४ ओभर सबै विकेट गुमाउँदै कुल ५८ रन मात्रै जोड्न सफल भएको थियाे । जवाफी ब्याटिङमा उत्रिएको अभियान एजुकेसन कन्सल्टेन्सी गौरले ११ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियोे । पहिलाे खेलको प्लेयर अफ द म्याच अभियान एजुकेसन कन्सल्टेन्सीका आसिफ चिलानी बनेका थिए । उहाले खेलमा ४ ओभर बलिङ गर्दै १३ रन खर्चेर ३ विकेट लिएका थिए । त्यसैगरि आजै भएकाे दाेस्राे खेलमा  गौरीशंकर बहुमुखी क्याम्पस गौर र सुरत रामकेवल बहुमुखी क्याम्पस बिच भएको थियोे । साे खेलमा गौरीशंकर बहुमुखी क्याम्पस ५५ रनले विजयी भएको छ । टस जितेर ब्याटिङमा उत्रिएको श्री गौरीशंकर बहुमुखी क्याम्पस गौरले १९.४ ओभरमा सबै विकेट  गुमाउँदै ११४ रनको योगफल तयार गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको सुरत रामकेवल क्याम्पस गुजराले १५.१ ओभरमा आफ्नो सबै विकेट गुमाउँदै ६९ रन मात्रै जोडेका थिए । साे खेलमा गौरीशंकर बहुमुखी क्याम्पस गौरका रेयाज आलम प्लेयर अफ द म्याच बनेका थिए । रियाजले ३.१ ओभर बलिङ गर्दै ३ रन खर्चेर ५ विकेट लिएका थिए ।

ताजा समाचार

Related Articles