जय नेपाल कप टी–२० क्रिकेट लिग : माधवनारायण र गौरका क्याम्पस विजयी

रौतहट,२५ बैशाख ।  नेपाली कांग्रेस विद्यार्थी विभाग रौतहटद्वारा आयोजित जय नेपाल! कप रौतहट जिल्ला अन्तर कलेज टी–२० क्रिकेट लिग प्रतियोगिता २०८२ अन्तर्गत तेस्रो दिनको खेल चन्द्रपुर नगरपालिका–८ स्थित बेतौनाको कोटिहोम क्रिकेट मैदानमा सम्पन्न भएको छ।

तेस्रो दिनको पहिलो खेलमा लक्ष्मी श्री बहुमुखी क्याम्पस, गढिमाई नगरपालिकाश्री देवी सिटिईभिटी कलेज, माधवनारायण नगरपालिकाबीच प्रतिस्पर्धा भएको थियो। टस जितेर पहिला ब्याटिङ गरेको लक्ष्मी श्री क्याम्पसले निर्धारित २० ओभरमा ११९ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको श्री देवी सिटिईभिटी कलेजले १९ ओभरमै ८ विकेट गुमाउँदै लक्ष्य पूरा गर्दै २ विकेटको रोमाञ्चक जित दर्ता गर्‍यो।

उक्त खेलमा रणवीर यादव प्लेयर अफ द म्याच घोषित भए। उनले २६ बलमा ३६ रन बनाउनुका साथै ४ ओभरमा २९ रन खर्चेर ३ विकेट पनि लिए।

त्यस्तै दोस्रो खेल गौरीशंकर बहुमुखी क्याम्पस, गौरकटहरिया बहुमुखी क्याम्पस, कटहरियाबीच सम्पन्न भयो। कटहरियाले टस हारेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ८ विकेट गुमाएर जम्मा ८८ रन बनायो। जवाफमा गौरीशंकर क्याम्पसले १३.३ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै सहज जित हासिल गर्‍यो।

यस खेलका प्लेयर अफ द म्याच डब्लु मल्लिक घोषित भए। उनले ३७ बलमा अविजित ३१ रन बनाउनुका साथै बलिङमा ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिएका थिए।

प्रतियोगिता अन्तर्गत आगामी दिनहरूमा थप रोमाञ्चक खेलहरू सञ्चालन हुने आयोजकले जानकारी दिएको छ।

ताजा समाचार

Related Articles