राैतहट २६ बैशाख
जय नेपाल कपकाे चाैथाे दिनकाे खेलमा मध्य राैतहट बहुमुखी क्याम्पस गरुडा र सिन्धुरेघारी बहुमुखी क्याम्पस चन्द्रपुर बिजयी भएकाे छ । राैतहटकाे चन्द्रपुर-८ बेताैनामा साे खेल सञ्चालन भइ रहेकाे छ । जय नेपाल कप रौतहट अन्तर कलेज T-20 क्रीकेट लिग प्रतियोगिता अन्तरगत चौथो दिनको पहिलो खेल मध्य रौतहट बहुमुखी क्याम्पस गरुडा र कटहरीया बहुमुखी क्याम्पस कटहरीया बिचमा सम्पन्नफ भएको छ। साे खेलमा मध्य रौतहट बहुमुखी क्याम्पस गरुडा १०८ रनले विजयी भएको छ । प्रतियोगिताकाे आजकाे पहिलाे खेलमा प्लेयर अफ द म्याच मध्य रौतहट बहुमुखी क्याम्पसका सैलेन्द्र कुस्वाहाले प्राप्त गरेका छन । कुस्वाहाले ४९ बलमा अविजित १०४ रन बनाएका थिए । टस गुमाएर ब्याटिङमा उत्रिएको मध्य रौतहट क्याम्पस गरुडाले निर्धारित २० ओभर खेल्दै कुल २२० रन जोड्न सफल भएको थियो ।जवाफी ब्याटिङमा उत्रिएको कटहरिया बहुमुखी क्याम्पसले १७ ओभर खेलेर ११२ रन सिमित रहेकाे थियो ।

आजै भएकाे दोस्रो खेल सिधुरेघारी बहुमुखी क्याम्पस चन्द्रपुर र अभियान एजुजेकसन कन्सल्टेन्सीको बिचमा भएको थियाे । साे खेलमा सिन्धुरेघारी बहुमुखी क्याम्पस ७३ रनले विजयी भएको छ। टस जितेर ब्याटिङमा उत्रिएको सिधुरेघारी बहुमुखी क्याम्पसले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउँदै १३९ रन बनाउँन सफल भएका थिए । जवाफी ब्याटिङमा उत्रिएको अभियान एजुकेसन कन्सल्टेन्सी गौरले ११.५ ओभरमा सबै विकेट गुमाउँदै कुल ६६ रन मात्रै जोडेका थिए । साे खेलको प्लेयर अफ द म्याच सिन्धुरेघारी बहुमुखी क्याम्पस चन्द्रपुरका मोहन घिमिरे बन्न सफल भएका थिए । घिमिरेलेे ३ ओभरमा १२ रन खर्चेर ५ विकेट लिएका थिए ।


