राैतहट २४ बैशाख
जय नेपाल कप क्रिकेट प्रतियोगिताकाे बुधबार भएकाे दुई खेलमा मध्य राैतहट बहुमुखी क्याम्पस र कटहरिया बहुमुखी क्याम्पस कटहरिया बिजयी भएकाे छ । बैशाख २३ गतेबाट शुरु भएकाे साे प्रतियोगिता नेपाली काङ्ग्रेस विद्यार्थी विभाग रौतहटकाे आयोजित सञ्चालन भई रहेकाे छ । जय नेपाल कप रौतहट जिल्ला अन्तर कलेज T 20 क्रिकेट प्रतियोगिता अन्तर्गत चन्द्रपुर ८ बेतौना कोटिहोम क्रिकेट मैदानमा दोश्रो दिनको पहिलो खेल गौरी शंकर बहुमुखी क्याम्पस र मध्य रौतहट बहुमुखी क्याम्पस बिचमा भिडन्त भएको थियाे । टस गुमाएर ब्याटिङ गरेको मध्य रौतहट बहुमुखी क्याम्पसले निर्धारित २० ओभरमा १० विकेट गुमाएर १४२ रन बनाउन सफल भएको थियो । जवाफी ब्याटिङमा उत्रेको गौरी शंकर बहुमुखी क्याम्पसले १९.५ ओभरमा ११२ रन मात्रै जोड्न सफल भएको थियोे । यस खेलमा मध्य रौतहट बहुमुखी क्याम्पस गरुडा ३० रनले विजयी भएको छ । साे खेलका प्लेयर अफ द म्याच मध्य रौतहट क्याम्पस गरुडाका नितेश यादव बनेका थिए । यादवले १५ बलमा १८ रन बनाउनुको साथै ४ ओभर बलिङ गर्दै २९ रन खर्चेर २ विकेट प्राप्त गरेका थिए ।

त्यसै गरि दोस्रो खेल सुरत राम केवल बहुमुखी क्याम्पस गुजरा र कटहरीया बहुमुखी क्याम्पस कटहरिया बिचमा भएको थियाे । टस गुमाएर ब्याटिङमा उत्रेको सुरत राम केवल बहुमुखी क्याम्पस गुजराले निर्धारित २० ओभरको खेलमा १९.१ ओभरमा कुल ११४ रनको योगफल तयार पारेको थियोे भने ११५ रनको लक्ष्य पछ्याउन जवाफी ब्याटिङमा उत्रेको कटहरिया बहुमुखी क्याम्पस कटहरियाले ७ विकेटका क्षतिमा १८ ओभरमा लक्ष्य पूरा गर्दै ३ विकेटले विजयी भएको छ। दोस्रो खेलको प्लेयर अफ द म्याच कटहरिया बहुमुखी क्याम्पसका मुस्ताक अन्सारी भएको थिए । अन्सारीले ५१ बलमा ५ चौका सहित ४२ रन बनाएका थिए ।

