राैतहट २२ बैशाख
राैतहटकाे एक सुधार केन्द्रमा कुटपिट गरेकाे आराेपमा सञ्चालकलाई प्रहरीले पक्राउ गरेकाे छ । रौतहटको गौर नगरपालिकाकाे वडा नम्बर ४ स्थित राइजिङ नेपाल सुधार केन्द्रमा एक युवकमाथि निर्घात कुटपिट गरेकाे भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियाे । साे घटनाको भिडियो बाहिरिएपछि प्रहरीले सुधार केन्द्रका सञ्चालक सुरज गुप्तालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएकाे छ । साे भिडियोमा तीन जना व्यक्तिले एक युवकलाई समातेर खुट्टामा पाइपले हिर्काएको दृश्य देखिएकाे छ । भिडियाेबारे जिल्ला प्रहरी कार्यालय रौतहटले अनुसन्धान गरिरहेकाे प्रहरीले जनाएको छ । कुटपिटमा संलग्न अन्य दुई व्यक्तिको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय राैतहटले जनाएको छ ।

