राैतहटकाे चन्द्रनिगाहपुरमा आजबाट जय नेपाल कप क्रिकेट प्रतियाेगीता हुदै

राैतहट २३ बैशाख
राैतहटकाे चन्द्रनिगाहपुरमा जय नेपाल कप क्रिकेट प्रतियोगिता आजबाट शुरु हुने भएकाे छ । रौतहटको चन्द्रनिगाहपुरमा ‘जय नेपाल कप’ अन्तर कलेज क्रिकेट प्रतियोगिता आज मंगलबार बैशाख २३ गतेबाट शुरु हुने आयाेजकका संयाेजक श्यामहरी चाैलागाइले तराई पाेष्टलाई जानकारी दिनु भयाे ।   प्रतियोगिता नेपाली कांग्रेस विद्यार्थी विभाग रौतहटको आयोजनामा  बैशाख २३ गतेदेखि सुरु हुने उहाले बताउनु भयाे  । साे प्रतियोगिता  चन्द्रपुर–८ को कोटिहोम खेल मैदानमा हुने उाहले जानकारी दिनु भयाे । आयोजक संस्था नेपाली काग्रेस विद्यार्थी विभागका संयोजक श्यामहरी चौलागाईंले युवामा खेल भावना, अनुशासन र सकारात्मक सोच विकास गराउने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको बताउनु भयाे । “कुलतमा नलागून् भनेर सबै कलेजका विद्यार्थीलाई समेटेर यो प्रतियोगिता सुरु गरिएकाे चाैलागाइकाे भनाई रहेकाे छ ।

प्रतियोगितामा रौतहट जिल्लाका आठ वटा क्याम्पस सहभागी हुने जनाइएकाे छ । सहभागी टोलीहरूलाई दुई समूहमा विभाजन गरिएको छ। खेल समूह ‘ए’ मा: गौरीशंकर यादव रौतहट क्याम्पस (गौर), मध्या रौतहट मल्टिपल क्याम्पस (गरुडा),सुरत रामकेवल मल्टिपल क्याम्पस (गुजरा),कटहरिया मल्टिपल क्याम्पस (कटहरिया) रहेका छ्न । त्यस्तैगरी समूह ‘बी’ मा: सिन्धुरेघारी मल्टिपल क्याम्पस (चन्द्रपुर),श्रीदेवी सीटीइभीटी कलेज (मधवनारायण),लक्ष्मी श्री मल्टिपल क्याम्पस (समनपुर) अभियान एजुकेशनल कन्सल्टेन्सी (गौर) रहेका छन  ।प्रतियोगिता बैशाख २३ देखि २९ गतेसम्म सञ्चालन हुने छ । बैशाख ३० गते सेमि फाइनल र ३१ गते बिहान ११ बजे फाइनल खेल हुने बताइएकाे छ  । विजेता टिमलाई रु. १ लाख र उपविजेता टिमलाई रु. ५० हजार पुरस्कार प्रदान गरिने प्रतियोगिताका व्यवस्थापक देवराज कार्कीले बताउनु भयाे । मौसमका कारण खेल प्रभावित भएमा समूह चरणमा अंक बराबरी बाँडिने र नकआउट चरणका लागि रिजर्भ डेको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

ताजा समाचार

Related Articles