राेैतहट २२ बैशाख
राैतहटकाे सखुअवामा साेमबार राती एक म्याजिक भ्यान दुर्घटना भएकाे छ । राैतहटकाे चन्द्रपुर गाैर सडक खण्डमा गाैरबाट गरुडातर्फ आउने क्रममा ना १ ज ८२६३ नम्बरकाे
म्याजिक भ्यानले ट्रकलाई ओभरटेक गर्ने क्रममा सखुअवा जयनगरको बिच भाग गजेन्द्र नारायण स्मृति अस्पताल नजिक दुर्घटनामा परेको हाे । साे म्याजिकमा सवार ५ जना यात्रु घाइते भएकाे र घाइतेहरुलाई शिवनगर स्थित संजीवनी हस्पिटलमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय शिवनगरका इन्चार्ज राजेश कुमार सिंहले तराई पाेष्टलाई बताउनु भयाे । घाइते ५ जनाकाे अवस्था सामान्य रहेको असपतालले बताएका छन । राती अन्दाजी ८ बजे भएकाे साे दुर्घटनाकाे थप अनुसन्धान भईरहेकाे प्रहरीले जनाएकाे छ ।

