राैतहटमा अबैध काठसहित साइकल प्रहरी नियन्त्रणमा

राैतहट २२ बैशाख
राैतहटकाे नजरपुरबाट साइकलसहित सालका काठ प्रहरीले नियन्त्रणमा लिइएकाे छ । राैतहटकाे चन्द्रपुर-१० बडेरवा र वडा नम्बर ९ नजरपुर नहर क्षेत्रमा ५ थान साइकलमा अबैध रुपमा लाेड रहेकाे अबस्थामा विभिन्न साइजका १८ थान अन्दाजी २०.३ क्युफिट सालकाे गाेलिया काठ नियन्त्रणमा लिइएकाे ईलाका प्रहरी कार्यालय डुमरियाले तराई पाेष्टलाई जानकारी दिएकाे छ । नियन्त्रित साइकल र सालका गाेलिया गत बैशाख २० गते नै डुमरिया र प्रहरी चाैकी चेतनगर राैतहटका प्रहरी टाेलीले नियन्त्रणमा लिइएकाे जनाएकाे छ । साे काठ र साइकलकाे थप कारवाहीका लागि साेमबार डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरमा पठाइएकाे ईलाका प्रहरी कार्यालय डुमरियाले जनाएकाे छ ।

ताजा समाचार

Related Articles