राैतहट २१ बैशाख
राैतहटकाे जंगलसैयमा स्तरीय फुटबल मैदान बन्ने भएकाे छ । शनिबार एक कार्यक्रमकाबिच गुजरा नगरपालिकाकाे वडा नम्बर ३ जंगलसैया पशुपति टाेलमा रहेकाे फुटबल खेल मैदान स्तराेन्नतीकाे कामकाे शिलान्यास गरि मैदान निर्माणकाे कामकाे सुरुवात गरिएकाे छ । नेकपा एमालेका युवा नेता हरिबंश मैनालीको विशेष पहलमा मधेस प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयद्वारा प्राप्त २५ लाख रुपैयाँको लागतमा फुटबल ग्राउन्ड स्तरउन्नतिको काम सुरु भएको जनाएकाे छ । साे अवसरमा एमालेका नेता तथा मधेश प्रदेशका पुर्ब राज्यमन्त्री नागेन्द्र यादब, युवा नेता हरिबन्श मैनाली, गुजराको मेयरका प्रत्याशी एकरामुल हक , एमाले क्षेत्र ३ का क्षेत्रिय संयोजक युबराज ज्ञवाली,मदन भण्डारी फाउन्डेसनका जिल्ला उपाध्यक्ष शेख जमालुदिन, एमाले पार्टी नगर अध्यक्ष जयराम चौधरी , सचिब रामबाबु चौधरी, वडा न ४ का अध्यक्ष झमक प्रसाद (कुमार) चौलागाईं, युवा नेता निराजन पुरी बिक्रम अस्तानी लगायतको सहभागी रहेको नेकपा एमाले गसजरा नगर कमिटिले जनाएकाे छ ।

