राैतहट २१ बैशाख
राैतहटकाे चन्द्रनिगाहपुरमा आइतबार दुर्घटनामा परि २ जनाकाे ज्यान गएकाे छ । आइतबार बिहान एउटा कारसँग माेटरसाइकल ठाेकिदा बाउ छाेरीकाे मृत्यु भएकाे ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएकाे छ । राैतहटकाे चन्द्रपुर नगरपालिकाकाे वडा नम्बर ४ मा एक आपसमा कार र माेटरसाइकल ठाेकिएकाे थियाे । साे घटना परी गरूडा नगरपालिका-२,गेडही गुठ्ठी निवासी ६० वर्षिय बलिराम सहनी र ४० वर्षीय उहाकी छोरी उर्मिला देवीकाे मृत्यु भएकाे ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी राजकुमार राईले तराई पाेष्टलाई जानकारी दिनु भयाे । मृतक बुवा बलिराम सहनीकाे चन्द्रपुर स्थित हाइवेे ट्रमा सेन्टर र छाेरी उर्मिलाकाे एलएस न्यूराे हस्पिटल बारामा मृत्युु भएको डिएसपी राईले बताउनु भयाे । मृतक सहनीको ना ३ प ९५१२ नम्बरको मोटरसाइकललाई बा ६ च ३५२६ नम्बरको कारले ठक्कर दिएको थियो । दुर्घटनापछि कार चालक प्रहरी नियन्त्रणमा रहेको राइले बताउनु भयाे । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

