रौतहट, १६ बैशाख । अक्सफाम नेपालको आर्थिक सहयोग तथा ग्रामीण विकास केन्द्र नेपालको संयुक्त साझेदारीमा सञ्चालित पार्टनर ईनभेस्टमेन्ट फन्ड (PIF) कार्यक्रम अन्तर्गत मिति २०८२ वैशाख १० गतेदेखि १४ गतेसम्म “पाँच दिने सामाजिक परिचालन तालिम” सम्पन्न भयो। यस कार्यक्रमको उद्धेश्यवारे प्रकाश पर्दै ग्रामिण विकास केन्द्र नेपालका अध्यक्ष डा. पारस हुसेनले औपचारिक रुपले कार्यक्रमको उद्घाटन गर्नुभयो। उहाँले, कर्मचारी भनेको संस्थाको मेरुदण्ड हो जो सधै इमान्दार र निष्ठावान हुनुपर्दछ भन्दै कार्यक्रमलाई अगाडी बढाउने अनुमति दिनुभयो। प्रशिक्षक सोनालाल चौधरीले विभिन्न विधिमर्फत यो कर्यक्रम संचालन गर्नुभयो जसमा यस संस्थाका २३ जना कर्मचारीहरु सहभागी भएका थिए। तालिमका उत्कृस्ट विधि तथा प्रशिक्षकको प्रशिक्षण गर्ने शैलीले सहभागीलाई थप आकर्षित गरि तालिमलाइ प्रभावकारी बनाएको थियो। समुदायमा गएर बोल्नलाई अप्ठ्यारो हुने सहभागीहरु तालिम पश्चात एउटा असल उद्घोषक बन्न सफल भएको कुरा सहभागी कमलेश कुमार रामले जनाएको थियो। कार्यक्रमको अन्तिम सत्रमा सम्पूर्ण सहभागी, प्रशिक्षक तथा अक्सफाम नेपाललाई धन्यवाद दिदै प्रमाणपत्र वितरण गरि संस्थाका कार्यकारी निर्देशक आशिष कुमार सिंहले कार्यक्रम समापन गर्नु भएको थियो।

