सर्लाही १४ बैशाख
सर्लाहीमा घरायसी सामान्य विवाद हुदा एक महिलाको हत्या भएको छ । सर्लाहीको बिष्णु गाँउपालिकाको वडा नम्बर ३ मधुवन गोठका बर्ष ३६ का आफ्नो श्रीमति रेनु देवी पासवानलाई दाईले धारिलो हतियार प्रहार गरेको मृतकका श्रीमान गजेन्द्र पासवानले बताउनु भयो । आइतबार बिहान १० बजे बर्ष ४० का जेठान साहेव पासवानले धारिलो हतियार प्रहार गरेको सर्लाही प्रहरीका प्रहरी प्रवक्ता सरोज राईले तराई पोष्टसँग बताउनु भयो । मृतक रेनु देवीको हात , मुख र घाटीमा गम्भिर चोट लागेको डिएसपि राईको भनाई रहेको छ । घटनास्थलमा नै मृत्यु भएको रेनुका जेठान साहेब पासवानलाई हतियारसहित पक्राउ गरेको र थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिनु भयो ।

