रौतहट प्रहरीद्धारा ३ मोटरसाईकल सहित भन्सार छलीको समान पक्राउ

रौतहट १३ बैशाख
रौतहट प्रहरीले ३ मोटरसाइकल र ४ साइकल सहित लाखौ मुल्य बराबरको भन्सार छलिको सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहट मातहतका प्रहरीले चेकजाँचको क्रममा ३ थान मोटरसाईकल र ४ साईकल सहीत लाखौँ मूल्य बराबरको भन्सार छलीको सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । भारतीय बजारबाट खरिद गरी तिन लाख १९ हजार ४५० रुपैयाँ बराबरको कपडा, किराना, कस्मेटिक्स सहित उक्त सवारी साधन जिल्ला प्रहरी कार्यालय रौतहट मातहतका प्रहरीले बरामत गरेका जिल्ला प्रहरी कार्यालय रौतहटका सह प्रवक्ता इन्स्पेक्टर उमाशंकर प्रसादले तराई पोष्टलाई जानकारी दिनु भयो । सो बरामद गरेको सामान सहित सवारी साधन आवशयक कारवाहीको लागि शुक्रवार जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको जिल्ला प्रहरी कार्यालय रौतहटको जनाएको छ ।

ताजा समाचार

Related Articles